📌 Key Takeaways:
- भद्रपुर–९ स्थित पुहातु जनज्योति माविमा जारी प्रतियोगिताको उपाधि आयोजक भद्रपुर नगर हक्की संघले जितेको छ।
- फाइनल खेलमा भारतको आरके रोय हक्की एकेडेमीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भयो।
- विजेता टोलीले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
झापाको भद्रपुर–९ स्थित पुहातु जनज्योति माध्यमिक विद्यालयमा जारी प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि आयोजक भद्रपुर नगर हक्की संघले जितेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा आयोजक भद्रपुर नगर हक्की संघले भारतको आरके रोय हक्की एकेडेमीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। प्रतियोगिताको विजेता बनेसँगै आयोजकले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको भारतको आरके रोय हक्की एकेडेमीले १ लाख रुपैयाँ प्राप्त गरेको छ।

पुरस्कार वितरण र तेस्रो स्थानको खेल
प्रतियोगितामा विजेता तथा उपविजेता बनेका टोलीहरूलाई भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो। यस्तै, प्रतियोगिताअन्तर्गत आजै सम्पन्न तेस्रो स्थानको खेलमा भारतको वैशाली हक्की टिमले आर्मी टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।





















