काँकरभिट्टामा झापा जिल्ला स्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२० कात्तिक मेचीनगर : ‘बाल विवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेल मैदानमा ’ भन्ने मुख्यः श्लोगनसहित आगामी मंसिर ९ गतेदेखि झापाको मेचीनगरमा ‘झापा जिल्ला स्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता २०८३’ हुने भएको छ ।

प्रतियोगितामार्फत महिला तथा बालबालिकाहरुको प्रतिभा पहिचान, खेलकुदमा सहभागिता र क्षमता विकाशका लागि प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नूका साथै उनीहरुमा आत्मविश्वास, अनुशासन, सहकार्य तथा नेतृत्व क्षमता विकाश गर्न र हिंसा लैङ्गिक विभेद तथा बालबिवाहविरुद्ध सकरात्मक सन्देश प्रवाह गर्ने, महिला तथा किशोरीहरूको फुटबल खेलमा सहभागिता अभिबृद्धि गर्ने, झापा जिल्लाका स्थानीय तहमा रहेका महिला फुटबल प्रतिभाको पहिचान, प्रोत्साहन र उत्पादन गर्ने, खेलकुदमार्फत महिला तथा किशोरीहरूको आत्मविश्वास, नेतृत्व तथा निर्णय क्षमता विकाश गर्ने, महिला तथा किशोरीहरूको सामाजिक सहभागिता र नेतृत्वदायी भूमिकालाई प्रोत्साहन गर्नेलगायतका उद्धेश्यसहित प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिता आयोजक महिला जनचेतना केन्द्र मेचीनगर–०६ झापाले आज पत्रकार सम्मेलनमार्फत प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ रहने जानकारी गराएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रतियोगिता गर्न लागिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने एक अन्तर्राष्ट्रिय अभियान हो ।
बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण सञ्चालित परियोजना अनुसार आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा खेलाईने पत्रकार सम्मेलनमा बताईयो । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमाहुने प्रतियोगितामा झापा जिल्लाका १५ वटै स्थानीय तह (पालिका) का महिला तथा किशोरी फुटबल खेलाडीहरू सहभागी हुने आयोजकको अपेक्षा रहे पनि हालसम्म जिल्लाका १० वटा पालिकाले खेलाडीको नामावली पठाएको तथा समन्वय गरेको संस्थाका संस्थापक अध्यक्ष राधा प्रधानले जानकारी दिईन् । अन्य पालिकाहरुसँग टिम सहभागिताका लागि कुराकानी भईरहेको छ ।

झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) का अनुसार प्रतियोगिता १० वटा टिममा सिमीत रहे मंसिर १८ गते प्रतियोगिताको फाइनल हुने, टिम थप भए फाइनलको समय सीमा हेरफेर हुने छ । कुल नौ लाख ६२ हजार एकसय रुपैयाँ खर्च अनुमान गरिएकोे प्रतियोगिताको विजेत टिमले एक लाख ११ हजार तथा उपविजेता टिमले ५१ हजार रुपैयाँ शील्ड तथा प्रमाण पत्र हात पार्ने छ ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय रुपैयाँ, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई, उत्कृष्ट डिफेन्सलाई, उत्कृष्ट मिट फिल्डलाई, उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार एकसय रुपैयाँ प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई एक हजार पाँचसय रुपैयाँ प्रदान गरिने छ । फिफाको नियम अनुसार खेल खेलाईने छ ।

वरिष्ठ फुटबल प्रशिक्षक दीपक कार्कीको उपस्थितिमा आयोजक संस्थाका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष राधा प्रधान, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर (सुन्दर) बस्नेतलगायतले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.