बिर्तामोड नगर बक्सिङ संघको तदर्थ समिति गठन, अध्यक्षमा प्रज्ज्वल बिमली चयन

खेलकुदको संस्थागत विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा प्रज्ज्वल बिमलीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
बिर्तामोड नगर बक्सिङ संघका नवनिर्वाचित अध्यक्ष प्रज्ज्वल बिमली र पदाधिकारीहरू

📌 मुख्य बुँदाहरू:

  • बिर्तामोडमा बक्सिङ खेलको संस्थागत विकास गर्न नयाँ तदर्थ समिति गठन गरिएको छ।
  • नवगठित समितिको अध्यक्षमा प्रज्ज्वल बिमली सर्वसम्मत रूपमा चयन भएका छन्।
  • समितिले स्थानीयस्तरबाट प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउने जनाएको छ।

बिर्तामोडमा बक्सिङ खेलको संस्थागत विकास र प्रवद्र्धन गर्ने उद्देश्यले बिर्तामोड नगर बक्सिङ संघको तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा प्रज्ज्वल बिमली चयन भएका छन्।

बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त तदर्थ समिति घोषणा गरिएको हो। समितिको उपाध्यक्षमा नितेस बस्नेत, सचिवमा नसिब पोमु, कोषाध्यक्षमा भारती सुब्बा रहेका छन्। त्यस्तै, सदस्यहरूमा मनिष गुरुङ, सरिफ राई र राज भण्डारी चयन भएका छन्।

पदाधिकारीहरूको उपस्थिति र प्रतिबद्धता

बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कडेल प्रमुख अतिथि तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काको समेत उपस्थिति रहेको थियो।

नवगठित समितिका अध्यक्ष बिमलीले बिर्तामोडमा बक्सिङ खेलको विकास, नयाँ खेलाडी उत्पादन र खेलप्रतिको आकर्षण बढाउन संघले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्। संघ गठनसँगै बिर्तामोडमा बक्सिङ प्रशिक्षणलाई व्यवस्थित बनाउने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा स्थानीयदेखि राष्ट्रियस्तरका प्रतियोगितामा खेलाडीको सहभागिता बढाउने अपेक्षा गरिएको छ। कार्यक्रममा बक्सिङ प्रशिक्षकहरू डम्बर सुब्बा, प्रेमसिंह धिमाल र रिन्टु हस्दा लगायत खेलकुद क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.