यू–१९ एसिया कप क्रिकेट : नेपाल भारतसँग १० विकेटले पराजित

ओमानमा जारी प्रतियोगितामा १२९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले कुनै विकेट नगुमाई जित हासिल गर्‍यो

A notice in Nepali from Mechinagar Ward No. 10
यू–१९ एसिया कप क्रिकेटमा ब्याटिङ गर्दै नेपाली खेलाडी

📌 मुख्य बुँदाहरू:

  • एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।
  • जवाफमा भारतले १९.१ ओभरमा कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो।

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले लज्जास्पद हार बेहोरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको सामान्य योगफल बनाएको थियो। नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ र ओपनर नीरजकुमार यादवले २० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतीय बलिङतर्फ इशान सुद र अर्जुन राजपुतले ३-३ विकेट लिए।

भारतको सहज जित

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै पनि विकेट नगुмаई पूरा गर्यो। भारतका लागि आर्यवीर सेहवागले अविजित ७० रन बनाए भने कप्तान तथा ओपनर लक्ष्य राईचन्दानीले अविजित ५३ रन जोडे। नेपाली बलरहरूले विपक्षी टिमको कुनै पनि विकेट लिन सकेनन्।

समूह ‘ए’ मा रहेको नेपालले अब समूह चरणका आगामी खेलहरूमा यही कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (यूएई) र कात्तिक २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.