दसौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा हुने, उद्घाटनअघि नै खेलहरू सुरु हुने

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने प्रतियोगिताका लागि खेलस्थल टुङ्गो लागेको छ, जसमा केही खेलहरू लुम्बिनी प्रदेशमा समेत हुनेछन्।

A notice in Nepali from Mechinagar Ward No. 10
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र सुर्खेतस्थित खेल मैदान

📌 मुख्य बुँदाहरू:

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ।
  • कुल ३२ खेलमध्ये २३ वटा खेल मुख्य आयोजकस्थल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
  • भौगोलिक अनुकूलता र पूर्वाधारका आधारमा कर्णालीका अन्य चार जिल्ला र लुम्बिनीका दुई जिल्लामा बाँकी खेलहरू खेलाइनेछ।
  • प्राविधिक समितिको तालिकाअनुसार औपचारिक उद्घाटनअघि मङ्सिर ८ गतेदेखि नै केही खेलहरूको प्रतिस्पर्धा सुरु हुनेछ।

कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ। भौगोलिक कठिनाइ र पूर्वाधारको उपलब्धतालाई ध्यानमा राख्दै अधिकांश खेलहरू सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछन्। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि सोअघि नै मङ्सिर ८ गतेदेखि खेलहरू सुरु हुनेछन्।

त्यसअवधिमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ। सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्सल आट्र्सका खेलहरू सञ्चालन हुनेछन्।

सुर्खेतमा हुने खेलहरूको विवरण

प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन्। यसैगरी, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल पनि सुर्खेतमै खेलाइनेछ। त्यस्तै, कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोट्र्स र सेपाकताक्रो पनि सोही स्थानमा सम्पन्न हुनेछन्।

अन्य जिल्लामा हुने खेलहरू

कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएका छन्। आयोजक कमिटीका अनुसार दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन्। यसैगरी, पौडी र सुटिङका खेलहरू नेपालगञ्जमा तथा टेनिस र खो–खोका खेलहरू बर्दियामा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.