मंसिर १ देखि ५ गतेसम्म लगातार बैठक र भेलामा जुट्दै एमाले, ३४ सयभन्दा बढी सहभागी हुने

राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारी व्यवस्थित पार्ने उद्देश्यले पार्टीले विभिन्न चरणमा बैठक तथा राष्ट्रिय भेला आयोजना गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलको दृश्य

📌 मुख्य बुँदाहरू:

  • मंसिर १ देखि ५ गतेसम्म नेकपा एमालेद्वारा लगातार बैठक, राष्ट्रिय भेला र स्थानीय तहका प्रतिनिधिहरूको भेला आयोजना।
  • काठमाडौंको कार्की ब्यांकेटमा हुने राष्ट्रिय भेलामा केन्द्रीय कमिटीदेखि पालिका तहसम्मका ३ हजार ४१४ जना प्रतिनिधि सहभागी हुने।
  • अध्यक्ष ओली, नेता भण्डारी, उपाध्यक्षहरू थापा र पौडेल तथा महासचिव पोखरेलद्वारा विभिन्न महत्वपूर्ण विषयमा मार्गदर्शन तथा कार्यपत्र प्रस्तुत गरिने।

नेकपा एमालेले आगामी मङ्सिर १ गतेदेखि ५ गतेसम्म लगातार विभिन्न बैठक र भेलाहरू आयोजना गर्ने भएको छ। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित यी कार्यक्रमहरू तय गरिएको हो।

पार्टीले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए अनुसार मङ्सिर १ गते स्थायी कमिटीको बैठक बस्नेछ भने मङ्सिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरिएको छ। त्यस्तै, मङ्सिर ४ गते स्थानीय तहका प्रतिनिधिहरूको भेला र ५ गते चौथो केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाईएको छ। स्थायी कमिटी, केन्द्रीय कमिटी र स्थानीय तहका प्रतिनिधिहरूको भेला पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ भने मुख्य राष्ट्रिय भेला काठमाडौँको कार्की ब्यांकेटमा हुनेछ।

राष्ट्रिय भेलामा ३ हजार ४ सयभन्दा बढी सहभागिता

आयोजित राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्यदेखि पालिका तहसम्मका कमिटी र विभिन्न तहका जनप्रतिनिधिहरू गरी कुल ३ हजार ४१४ जनाको सहभागिता रहनेछ। असोज ५ देखि ८ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य उद्देश्य बनाइएको छ।

भेलाको अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ। साथै, समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन हुनेछ भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

कार्यपत्र प्रस्तुति र समीक्षा

एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्। पार्टीले संगठनात्मक सुदृढीकरण र आगामी चुनावी रणनीतिकै लागि यो भेलालाई विशेष महत्व दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.