📌 मुख्य बुँदाहरू:
- चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङमा कार्यभार सम्हालेका छन्।
- उनलाई बेइजिङस्थित नेपाली दूतावासमा डेपुटी चिफ अफ मिसान रोशन खनाललगायत कर्मचारीले स्वागत गरेका थिए।
- राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक ३० गते उनलाई राजदूत पदमा नियुक्त गरेका थिए।
चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङ पुगेर आफ्नो औपचारिक जिम्मेवारी सम्हालेका छन्। बिहीबार बेइजिङस्थित नेपाली दूतावास पुगेर उनले कार्यभार सम्हालेका हुन्।
राजदूत शर्मालाई स्वागत गर्न डेपुटी चिफ अफ मिसान रोशन खनाललगायत दूतावासका कर्मचारीहरू विमानस्थलमै उपस्थित भएका थिए। नवनियुक्त राजदूतको स्वागत तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै कर्मचारीहरूले उनलाई दूतावासमा स्वागत गरेका थिए।
नियुक्ति प्रक्रिया र पृष्ठभूमि
मन्त्रिपरिषदको सिफारिस तथा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक ३० गते डा. शर्मालाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए। नयाँ राजदूतको आगमनसँगै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, कूटनीतिक हित तथा आर्थिक सहकार्यका विषयमा थप तीब्रता आउने अपेक्षा गरिएको छ।




















