नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई विशेष सम्मान गरिने

चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले हल व्यवसायीका समस्या सम्बोधन गर्न र प्रोत्साहनका कार्यक्रम ल्याउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित

📌 मुख्य बुँदाहरू:

  • नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा योगदान पुर्याउने हलहरूलाई यस वर्षदेखि विशेष सम्मान गरिने।
  • चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितद्वारा हल व्यवसायीलाई उचित सुविधा, प्रोत्साहन तथा राहत उपलब्ध गराउनुपर्नेमा जोड।
  • हल व्यवसायको संरक्षण, आधुनिकीकरण र नयाँ लगानी आकर्षित गर्न सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको जानकारी।

नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि सरकारले चलचित्र हल व्यवसायीलाई उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्रम उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ। नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्रको विकासमा चलचित्र प्रदर्शकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन्।

अध्यक्ष पण्डितले चलचित्र संघलाई नेपाली चलचित्र क्षेत्रको अभिभावक संस्थाको रूपमा चित्रण गर्दै यस क्षेत्रको विकासका लागि संघसँग सहकार्य गरी अघि बढ्ने बताए। चलचित्र निर्माण गरेर मात्र नहुने, त्यसलाई दर्शकमाझ पुर्याउने र दर्शकको माया दिलाउने महत्त्वपूर्ण जिम्मेवारी चलचित्र हलहरूको पनि रहेको उनको भनाइ थियो। नेपाली चलचित्रलाई आफ्नो पर्दामा स्थान दिई दर्शकको अनुभवलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने सम्पूर्ण हल सञ्चालक तथा प्रदर्शकप्रति उनले आभार व्यक्त गरे।

उत्कृष्ट हलहरूलाई विशेष सम्मानको घोषणा

अध्यक्ष पण्डितले यस वर्षदेखि नेपाली चलचित्रको प्रदर्शन र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने चलचित्र हलहरूलाई चलचित्र विकास बोर्डले विशेष सम्मान गर्ने निर्णय गरेको जानकारी दिए। नेपाली चलचित्रलाई प्राथमिकता दिने हलहरूलाई प्रोत्साहन गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे।

त्यसैगरी, चलचित्र हल व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका समस्या तथा चुनौतीप्रति बोर्ड गम्भीर रहेको उनले बताए। हल व्यवसायको संरक्षण, पुराना हलहरूको आधुनिकीकरण, नयाँ लगानी आकर्षित गर्ने तथा व्यवसायीलाई सरकारी सहुलियत उपलब्ध गराउने विषयमा सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग निरन्तर पहल भइरहेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.