चाइना ट्रेड सहकारीको निक्षेप ७५ करोड नाघ्यो, लगानी ३९ करोड

काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा

📌 मुख्य बुँदाहरू:

  • चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कुल निक्षेप ७५ करोड रुपैयाँ नाघेको छ।
  • आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा संस्थाको सेयर पुँजी करिब ८ करोड र कर्जा लगानी ३९ करोड रुपैयाँ पुगेको छ।
  • काठमाडौंको बबरमहलमा सम्पन्न १९औँ साधारणसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मत अनुमोदन गरेको छ।

नेपाल-चीन व्यापारमा संलग्न व्यवसायीहरूको संस्था चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कुल निक्षेप ७५ करोड रुपैयाँ नाघेको छ। काठमाडौंको खिचापोखरीमा मुख्य कार्यालय रहेको यस संस्थाको १९औँ वार्षिक साधारण सभाअन्तर्गतको बबरमहलमा सम्पन्न कार्यक्रममा प्रस्तुत प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ सम्मको वित्तीय प्रगति सार्वजनिक गरेको हो।

शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। हाल १ हजार ९७५ जना सेयर सदस्य रहेको यो संस्थाले आफ्नै आधुनिक भवनबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली कार्यान्वयनमा ल्याएको संस्थाले संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएको जनाएको छ।

नीतिगत प्रस्ताव र डिजिटल सेवा विस्तार

साधारण सभाले निष्क्रिय सदस्य तथा भाखा नाघेको ऋण व्यवस्थापन, संस्थाको नाममा रहेको सम्पत्ति र गैरबैंकिङ सम्पत्ति बिक्री, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने तथा बहुउद्देश्यीय प्रकृतिका व्यवसाय सञ्चालनको सम्भाव्यता अध्ययन गर्नेलगायतका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले आगामी दिनमा डिजिटल सेवा विस्तार र सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक उत्तरदायित्व र अतिथिहरूको धारणा

वित्तीय कारोबारसँगै संस्थाले रक्तदान, प्रोस्टेट क्यान्सर परीक्षण, पदयात्रा, सहभोज तथा मानव सेवा आश्रममा भोजन वितरणलगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साना तथा मझौला व्यवसायी सदस्यको व्यावसायिक क्षमता अभिवृद्धिका लागि ‘चिटकोल डिजिटल क्याटालिस्ट’ नामक डिजिटल मार्केटिङ तालिमसमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक अवस्थामा पनि संस्थाले सदस्य संख्या, सेयर पुँजी र बचतमा वृद्धि गर्दै नियामकीय अनुशासन कायम राखेको उल्लेख गरे। त्यस्तै, काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्यूरोड क्षेत्रमा संस्थाले स्थानीय विकास र उद्यमशीलता प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

📄 प्रेस विज्ञप्ति / सूचना

हिमालयन रिइन्स्योरेन्सका सञ्चालक सुभाषकुमार झुनझुनवालालाई थुनामै राख्न सर्वोच्चको आदेश
📄 हिमालयन रिइन्स्योरेन्सका सञ्चालक सुभाषकुमार झुनझुनवालालाई थुनामै राख्न सर्वोच्चको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.