मोरङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

विराटचोक।मोरङको सुन्दरहरैँचा नगरपालिका ४ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २८ वर्षीय विक्रम माझीको मृत्यु भएको हो ।दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मोटरसाइकल चालक सुन्दरहरैँचा ७ का २५ वर्षीय भुपाल मगर र सोही मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.