उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु पर्दैन:मुख्यमन्त्री कार्की

विराटनगर ।कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक साताभित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताएका छन् ।

कोसी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समीक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले त्यस समयभित्रै कासी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने बताइने बताएका हुन् ।

‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नुपर्ने अवस्था हुँदैन,’ उनले भने, ‘हातहतियार सम्बन्धी विशेष उद्योगबाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’

सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशलाई निजी क्षेत्रमैत्री बनाइने बताए ।

मुख्यमन्त्री कार्कीले भोकमरीबाट पीडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने बताउँदै जनतालाई परनिर्भरतामा भन्दा आत्मनिर्भरतामा जोड दिने उल्लेख गरे ।

उनले भने, ‘अनुदानमा चैं के केमा अनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिड्ने अवस्था आयो । अब हामी त्यसो होइन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौं ।’

कार्यक्रमको अध्यक्षता गरेका प्रदेश योजना आयोगगका उपाध्यक्ष पुरञ्जन आचार्यले आम जनताको सहभागितामा देशको निर्माण हुने उल्लेख गर्दै योजना आयोगले त्यस अनुसारको कार्य गर्ने बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.