३१ साउन, मेचीनगर : प्रेस चौतारी नेपाल, झापा शाखाले शुक्रबार एउटै मञ्चमा तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । संगठनको सभाहलमा प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष स्वर्गीय नेत्रप्रसाद पाठकको स्मृतिमा लेखनवृत्ति रकम हस्तान्तरण, नारी सञ्चार गृहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन र तीज मिलन समारोह सम्पन्न गरेको हो ।

हरेक छ—छ महिनामा प्रदान गरिने लेखनवृत्ति रकम प्रथम चरणको कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई र प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्लेले नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र पत्रकार दाहाललाई पहिलो लेखनवृत्ति प्रदान गरेका थिए । झापामा संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिका लागि लेखनवृत्ति प्रदान गर्न थालिएको हो ।
पहिलो लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सहयोग रकम चौतारीलाई उपलब्ध गराएकी थिइन् । पत्रकार दाहालको मुस्लिम महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको विषयको समाचार छनौटमा परेको थियो ।
साथै चौतारीले शुक्रबारनै तीन विषयमा लेखनवृत्ति घोषणा गरेको छ । चौतारीका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठककोे स्मृतिमा स्थापित लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको हो । दोस्रो लेखनवृत्ति प्रेस चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि र चौथो प्रेस चौतारी कोशी प्रदेश समितिका सचिव लक्ष्मी उप्रेतीले स्वाथ्य क्षेत्रको विषयमा उत्कृष्ट समाचार लेख्नेहरुलाई नगदसहित लेखनवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए ।
प्रेस चौतारी झापाले छ—छ महिनामा प्रदान गरिने लेखनवृत्तिको लागि विषय घोषणा गरेको हो । प्रेस चौतारी झापाका नेता, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसहित दाता घोषणा गरेका थिए ।
यसैबीच प्रेस चौतारी नेपाल झापाले नारी सञ्चार गृहमा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । नगर प्रमुख प्रसाईले खादा लगाउदैं बधाई ज्ञापन गरेकी हुन् । कार्यक्रमको अवसरमा जिल्लाभरका महिला पत्रकारहरुलाई दर खुवाइएको चौतारीका झापा अध्यक्ष प्रदिप परियारले सचिव युवराज दाहालले जानकारी दिए । तीज मिलन समारोह समेत आयोजना गर्दै खुशी साटासाट गरिएको थियो ।
जिल्लामै पहिलो पटक महिला पत्रकारहरलाई भेला गरेर तीज मिलन समारोह गरेको भन्दैं जिल्लाका महिला पत्रकारहरले चौतारीको प्रशंसा गदैं आगामी दिनमा समेत यसलार्य निरन्तरता दिन आग्रह गरेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नारी सञ्चार गृह झापा अध्यक्ष स्वस्तिका आचार्य, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सुनिरा मैनालीले स्वागत र सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।