दुई दिनमै निफ्राका लगानीकर्ता मालामाल, केही हजार भयो लाख !

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डौ । पहिलोपटक आईपीओ भरेका काठमाण्डौ काँडाघारीका महेन्द्र बस्नेत यतिबेला दंग छन्।

बस्नेतको मुहारमा चमक भने हालै धितोपत्र दोस्रो बजारमा कारोबार आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ल्याइदिएको हो। बस्नेत भन्छन्, ‘म निकै खुसी, साँच्चै सेयर बजारबाट हुनेछ।’

बस्नेतका छिमेकीले आईपीओमा लगानी गर्न सुझाव दिएका थिए। ‘मलाई सेयर बजारको त्यति राम्रो ज्ञान छैन तर अहिले जताततै यसैको चर्चा छ’, उनले भने, ‘मैले पनि छिमेकीकै सल्लाहमा निफ्राको आईपीओ भरेँ, केही हजार अहिले लाखमा परिणत भएको छ।’

बस्नेतले तिनै छिमेकीको सल्लाहमा आफ्ना परिवारका ६ सदस्यको निफ्रामा आईपीओ भरे। उनले आफू, पत्नी, ३ छोरी र १ छोराएको आईपीओ भरेका थिए। ‘४ जनालाई ५०/५० कित्ता पर्यो, २ जनालाई ६०/६० कित्ता पर्यो’, उनले भने।

यो हिसाबले बस्नेत परिवारलाई निफ्राको कुल ३२० कित्ता सेयर परेको छ भने लगानी ३२ हजार रुपैयाँमात्र भएको छ। अहिले यो ३२० कित्ता सेयरको मूल्य कुल १ लाख ३१ हजार रुपैयाँभन्दा माथि पुगेको छ। बस्नेतलाई निफ्राको आईपीओबाट २ दिनमै झन्डै १ लाख रुपैयाँको हाराहारीमा नाफा भएको छ।

निफ्राको सेयर हिजो आइतबारबाट कारोबारमा आएको छ। कारोबार खुल्दा नै निफ्राको सेयरमूल्यले अधिकतम ३४० रुपैयाँको रेन्ज पाएको थियो। निफ्राको सेयरमा दुई दिनमै पोजेटिभ सर्किट लागेर ७१ रुपैयाँ बढिसकेको छ। यो समाचार तयार पर्दासम्म निफ्राको सेयर प्रतिकित्ता ४११ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाण्डौ सिनामंगल अर्का लगानीकर्ता गोपीकृष्ण गजुरेलले पनि परिवारका ५ सदस्यका नाममा निफ्राको आईपीओ भरेका थिए।

‘एकजनालाई ६० अनि ४ जनालाई ५०/५० कित्ता पर्यो’, उनले भने, ‘कुल २६० कित्ता छ।’

गजुरेलको कुल लगानी २६ हजार रुपैयाँ बढेर दुई दिनमै १ लाख ५ हजार रुपैयाँ बढी भएको छ।

बस्नेत र गजुरेल त उदाहरण पात्रमात्र हुन्। निफ्राको आईपीओले दुई दिनमै लगानीकर्ताहरुको केही हजारको लगानीलाई लाखमा परिणत गरिदिएको छ।

निफ्राले हालसम्मकै आईपीओ माघका पहिलो साता बिक्री गरेको थियो। कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.