पूर्वीनाकाबाट चिया निकासीमा ५० प्रतिशतले कमि

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २४ भदौ | पुर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासी हरेक वर्ष ओरालो लाग्ने अवस्थामा छ । पूर्वी काँकरभिट्टा नाका भएर रसिया तथा जर्मनी निर्यात हुने चिया आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को तीनवर्षको अवधिमा क्रमस घट्दो क्रममा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपाली सिटीसी र अर्थाेडक्स चिया भारतमा धेरै निकाशी हुने गरेको छ भने पाकिस्तान जर्मन रसिया लगायत तेश्रोमुलुक समेतमा पुग्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका अधिकारीहरु बताउछन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाल कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर २ करोड ७० लाख ६० हजार रुपैयाँ मुल्य बराबरको ४६ मेट्रिक टन ग्रीन टी अर्गयानिक निर्यात भएको थियो । तर, आर्थिक वर्ष २०७५ /०७६ मा निकासी हवात्तै बढ्यो । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १० करोड १७ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय २६ मेट्रिक टन चिया भारत निकासी गरेको सरकारी तथ्याङ्क छ । त्यसलगत्तै गत आर्थिक वर्ष २०७६/०७७ मा भने चिया निकासी घटेर ५ करोड १६ लाख ६१ हजार वा १ सय ६६ मेट्रिक टनमा सिमित हुन पुगेको कार्यालय प्र्रमुख राईले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा चियाको निकासी ५० प्रतिशतले घटेको कार्यालयको भनाई छ । गत वर्षमा निकासी एक्कासी घट्नुमा पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउनका कारण पनि भएको सरकारी अधिकारीहरु बताउछन् ।

चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।

चियाको निकासी वर्षैपिच्छे अस्थिर हुनमा बेलाबेला हुने मजदुर आन्दोलनका कारण चिया प्रशोधन केन्द्र र बगान बन्द पनि कारण भएको व्यवसायीहरुको भनाई छ । चियामा लाग्ने रोग समयमै नियन्त्रण गर्न नसक्दा धेरै हरियोपत्ती नष्ट हुने गरेका पनि उत्पादन कम हुने र निर्यातमा समेत असर पुग्ने गरेको बताइएकोछ । लामो समयदेखिको चिया उद्योगी, व्यवसायी र मजदुरका बीचमा देखिएको समस्या पनि हुन सक्ने आशंका गरिएको छ ।

नेपाली चियाको माग भारत तथा पाकिस्तान जर्मन रसियालगायत तेस्रोमुलुकमा समेत प्रशस्त रहेको नेपाली चिया उद्योगीहरु बताउछन् । विशेषगरि इलाम झापाका बगानमा उत्पादित चिया त्यसतर्फ निकाशी हुने गरेको छ । झापा जिल्लामा नौ हजार ८८ हेक्टरभन्दा बढी जमीनमा चिया लगाइएको बताइएको छ । समयअनुकुल भए प्रति हेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसानहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.