पवन गोल्यानको रिलायन्स सहित ४ ठूला उद्योगको लाइन कटौती,९ अर्ब ७४ करोड बक्यौता तिर्न बाँकी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको इटहरीस्थित रिलायन्स स्पिनिङ मिल्स सहित चार ठूला उद्योगको लाइन काटेको छ ।

डेडिकेटेड लाइन लिएर लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।

जसमा इटहरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड रुपैया बक्यौता तिर्न बाँकी छ । यो देशभरमै दोस्रो ठूलो बक्यौता हो । धागो उत्पादन गर्ने यो उद्योगको उत्पादन भारतलगायतका विभिन्न देशमा निर्यात हुने गरेको छ । उद्योगमा तीन हजार हाराहारी मजदुर छन् । देशमै धेरै मजदुर भएको उद्योगमा यो पर्छ भने नेपालकै सबैभन्दा ठूलो स्पिनिङ मिल हो । गोल्यान ग्रुपका प्रमुख तथा एनएमबि बैंकका अध्यक्ष समेत रहेका पवन गोल्यानको यो उद्योगले पोलिस्टर, भिस्कोज, एक्राइलिक र्यान, पोलिस्टर टेक्सटर्ड र्यान लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ ।

जगदम्बा स्टीलले सबैभन्दा धेरै ४ अर्ब १४ करोड रुपैया बक्यौता तिर्न बाँकी छ । यस्तै घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टले क्रमशः १ अर्ब ३६ करोड र १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका थिए ।

विद्युत् आपूर्ती बन्द भएपछि उद्योग बन्द हुने अवस्था सृजना भएको छ । जसबाट कार्यरत हजारौं मजदुरहरु प्रत्यक्ष प्रभावित हुने भएका छन् । कोराना, आर्थिक मन्दीका कारण थलिएका उद्योगीहरुलाई सरकारको विद्युत् कटौतीले झन् निरुत्साहित बनाएको प्रतिक्रिया उद्योगीहरुले दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.