५० कित्तासम्म माग गर्ने सबैले निफ्राको आइपीओ पाउने, बाँडफाँड कहिले ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को आईपीओमा १० देखि ५० कित्तासम्म खरीदका लागि आवेदन दिएका सबैले सेयर पाउने भएका छन् ।
निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलस्थित उच्च स्रोतका अनुसार डेटा भेरिफाई गर्ने क्रममा प्रारम्भिक रुपमा यस्तो देखिएको हो ।

‘५० कित्तासम्मका लागि आवेदन दिएका सबैले मागअनुसार नै सेयर पाउने निश्चित देखिएको छ ।’ स्रोतले भन्यो-‘५० कित्तादेखि माथि सेयर माग गर्नेहरुको हकमा भने गोलप्रथा हुनेछ ।’

प्रारम्भिक रुपमा भइरहेको डेटा भेरिफाईको क्रममा करिब ५७ हजार आवेदन शंकास्पद देखिएको छ । यहीकारण निफ्राको आइपीओ बाँडफाँडमा समय लाग्ने देखिएको क्यापिटलस्थित एक अधिकारीले जानकारी दिए ।

‘दोहोरो आवेदनको. शंका गरिएका करिब ५७ हजार आवेदकहरुको विषयमा भेरिफाई गर्ने कामले गर्दा प्रिअलटमेन्ट केही ढिलो हुने अवस्था बनेको छ ।’ ती अधिकारीले थपे-‘धेरै ढिलोमा पनि हामी यो हप्ताभित्र प्रिअलटमेन्ट सकिसक्छौ ।’

क्यापिटल स्रोतका अनुसार दोहोरो आवेदनमा शंकास्पद देखिएका ५७ हजार आवेदनको विषयमा चाँडै प्रष्टता भए शुक्रबारसम्मै पनि बाँडफाँड हुनसक्ने संभावना छ ।

यो कम्पनीको आइपीओमा आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन हो।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु.१०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.