सेयर बेचेको पैसा ३ दिनभित्रै ब्रोकरले भुक्तानी नगरे धितोपत्र बोर्डले कडा कारबाही गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10
The logo of the Securities Board of Nepal (SEBON) featuring a yellow and black circular design with a geometric pattern and English and Nepali text.

काठमाण्डौ । सेयर बिक्री गरेको ३ दिनभित्रै धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) ले भुक्तानी नगरे नेपाल धितोपत्र बोर्डले कडा कारबाही गर्ने भएको छ।

बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सेयर बिक्रीपश्चात लगानीकर्ताले पाउनुपर्ने भुक्तानी सम्भव भए दोस्रो दिन अथवा तेस्रो दिनसम्म स्टक ब्रोकरले दिनुपर्ने बताए। उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ५० वटै धितोपत्र दलाल व्यवसायीहरुलाई गत शुक्रबार सर्कुलर जारी गरिसकिएको जानकारी दिए।

नेप्सेमा पठाइएको सर्कुलरमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार काम गर्ने व्यवस्था मिलाउनु भन्ने निर्देशन दिएको अध्यक्ष ढुंगानाको भनाइ छ। ब्रोकरहरुलाई पठाइएको सर्कुलरमा भने सेयर बिक्री गरेको दोस्रै दिन वा तेस्रो दिनभित्र अनिवार्य भुक्तानी गर्न निर्देशन दिइएको ढुंगानाले प्रस्ट पारे। ‘टीप्लस टु अक्षरशः पालना नगरे ब्रोकरलाई हामी कडा कारबाही गर्छौं’, उनी भन्छन्, ‘टीप्लस टुमा लगानीकर्तालाई ठ्याक्कै पैसा दिनुपर्यो अब अटेरी गर्ने कुनै ब्रोकरलाई छुट छैन। लगानीकर्तालाई दोस्रो दिन वा तेस्रो दिनभित्रै ब्रोकरले भुक्तानी नगरेमा हामी सम्बन्धित ब्रोकरलाई कडाभन्दा कडा कारबाही गर्छौं।’

धितोपत्रको दोस्रो बजारमा टीप्लस टू कार्यान्वयनमा आएको १ साता बितिसकेको छ। धितोपत्र कारोबारको राफसाफ यसअघि तेस्रो दिन र हाल दोस्रो दिन नै भए पनि लगानीकर्ताले सेयर बिक्री गरेको कयौँ दिनसम्म भुक्तानी नपाएपछि धितोपत्र बोर्डसमक्ष दैनिक कर्यौँ गुनासाहरु आउन गरेको स्रोत बताउँछ। स्रोतका अनुसार आज अपराह्न ४ः३० बजे ब्रोकरहरुलाई धितोपत्र बोर्डले बोलाएर यससम्बन्धी कडा निर्देशन दिने तयारीसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.