अब आइपीओ रिजल्ट अनलाइन मिडियाबाट हेर्न नपाइने,’मेरो शेयर’ एप र आधिकारिक वेबसाइटबाट मात्र हेर्न मिल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

अब लगानीकर्ताले अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने भएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले हितग्राही खाता (डिम्याट अकाउन्ट) व्यक्तिगत विवरण अन्तर्गत पर्ने भएकाले अबदेखि आइपीओ रिजल्ट अनलाइन मिडियामार्फत सार्वजनिक गर्न नदिइने बताएका छन् ।

यो व्यवस्थासँगै लगानीकर्ताले अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् । यो व्यवस्था शुक्रबार (फागुन १४ गते) बाँडफाँड हुन लागेको महिला लघुवित्तको आइपीओबाटै लागू हुने पनि प्रवक्ता न्यौपानेले बताए । धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली पनि यस्तो व्यवस्था भएको सीडीएसको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.