झापा जिल्ला सहकारी संघद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

 

बिर्तामोड जेठ ११। झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
मंगलबार बिर्तामोड स्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो ।
सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
पत्रकार महासंघ झापाको आग्रहमा सहकारी संघले गुणस्तरीय मास्क तीन सय प्याकेट,  सेनिटाइजर र फेससिल तीन/तीन सय थान, अक्सिमिटर २० थान हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष ढकालले संकटको घडीमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि सहयोग प्रदान गरिएको बताए । उनले सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री संघले केही दिन अघि हस्तान्तरण गरेको पनि जानकारी दिए ।
संघले महामारीका समयमा गरेका काम र अबको योजना तथा अभियानबारे जेठ १२ गते बुधबार भर्चुअल पत्रकार भेटघाट मार्फत जानकारी गराउने जनाएको छ ।
संघका सचिव दंगालले जुम मार्फत हुने पत्रकार सम्मेलनमा सहभागिताका लागि सबै पत्रकारमा अनुरोध गरेका छन् ।
संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले सहकारी संघलाई धन्यवाद दिदै सहकारी संघसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने र संघका कार्यमा सहयोग गरेर जाने बताए ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, केन्द्रीय परिषद् सदस्य ज्ञानेन्द्र निरौला, महासंघका सदस्य राजेन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.