२४ वैशाख,काठमाडौँ । अन्डरवर्ल्डका चर्चित डन मध्ये एक मानिएका भारतीय अपराधिक समूहका नाइके छोटा राजनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ तारिखमा एम्स अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो । उनको शुक्रबार निधन भएको अस्पतालले जनाएको छ ।
मिडिया उद्यमी जमिम साह, सांसद मिर्जादिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यमा राजनको समूह संलग्न रहेको थियो ।
























