मेचीनगर नगरप्रमुख बिमल आचार्यलाई कोरोना संक्रमण पुष्टी

A notice in Nepali from Mechinagar Ward No. 10

झापा । मेचीनगर नगरपालिका मेयर बिमल आचार्यलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
कनकाई प्रयोगशालामा मङ्गलबार उहाको पीसीआर गरिएको थियो ।पीसीआर परीक्षण पछी आज रिपोर्ट पोजेटिभ आएको मेचीनगरका कोभिड फोकल पर्सन नविन बरालले जानकारी दिनुभयो ।

नगरप्रमुख आचार्यको परिवारका अरु दुई जना र काँकरभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडामा पनि कोराना पोजेटिभ देखिएको छ ।
नगरप्रमुख आचार्य पीसीआरका लागि स्वाव दिएपछि होम आइसोलेसनमा रहनुभएको छ ।
उहाको स्वास्थ्य अवस्था हाल सामान्य छ ।

केहि दिन अघी मात्र दमक नगरपलिकाका मेयर रोम ओलीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.