मेचीनगरमा एकैदिन ६९ जनामा कोरोना संक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, मेचीनगर । मेचीनगरमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका कोभिड फोकल पर्सन नबिन बरालका अनुसार मंगलबार थप ६९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

वडा नम्बर– ८ स्थित आदर्श माविमा संकलन गरिएका कुल १०९ स्वाब मध्ये ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मेची अञ्चल अस्पतालको पिसीआर प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएको हो ।

मेचीनगरबाट संकलन गरि पठाइएका करिब दुई स्वाबको नतिजा आउने क्रममा छ । मंगलबार मात्र नगरमा ७४ जनाको स्वाब संकलकन गरिएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरमा रिएजेन्ट अभाव भएपछि स्वाब परीक्षणका लागि कनकाईको कोटीहोम साथै धरान, विराटनगर पठाउन थालिएको छ ।

मेचीनगरका ६९ सहित झापामा मंगलबार थप २१९ जनामा कोरोना संक्रमण भएको छ ।

साथै मंगलबारनै झापामा ९४ जनामा कोरोनामुक्त भएका छन् ।

जिल्लामा कनकाई र अर्जुनधारा गरी दुई पुरुषको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.