Day: माघ २७, २०७८
ओली र प्रचण्डलाई भेटेर डा. शेखरले दिएको सन्देश
२७ माघ, काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार विहानै खुमलटार पुगे र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू चुनावी गठबन्धनको विपक्षमा रहेको प्रष्ट संकेत दिए । बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले छिट्टै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी छ…
मेचीनगरमा चार दलीय गठबन्धनको बैठक
२७ माघ, मेचीनगर : चार दलीय गठबन्धनले मेचीनगरमा आगामी दिनमा हरेक विषयलाई साझा मुद्धा बनाउँदै अगाडि बढ्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्र मेचीनगरको नगर पार्टी कार्यालय इटाभट्टामा विहीवार बसेको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरी राजनीतिक गतिविधिलाई साझा बनाएर अगाडि बढ्ने उद्घोष गरेका हुन् । मेचीनगरका चार दलीय गठबन्धनले राष्ट्रिय राजनीतिको अवस्था हेरेर…
२ हजार २३८ जना संक्रमण मुक्त : १ हजार ३६९ जनामा संक्रमण पुष्टि
२७ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा संक्रमण देखिएको छ भने ३ हजार जनाको एन्टिजेन परीक्षण…
प्रदेश १ मा थपिए मन्त्रालय : यी हुन प्रदेश १ का मन्त्रालयहरु
२७ माघ, विराटनगर : प्रदेश १ सरकारले ६ वटा मन्त्रालय बढाउँदा मन्त्रालयमा रहेको कर्मचारी दरबन्दी संख्या ४१३ पुग्ने भएको छ । प्रदेशमा सात वटा मन्त्रालय हुँदा कर्मचारी दरबन्दी संख्या ३६२ थियो । पाँच दलीय गठबन्धन सरकारले सातवटा मन्त्रालय विभाजन गरी १३ बनाएको छ । ती मन्त्रालय विस्तार भएपछि मन्त्रालयमा आवश्यक जनशक्तिको संख्या ४१३ कायम रहनेगरी…
एमालेले संशोधनसहित पारित गर्यो पार्टी नियमावली (पूर्णपाठसहित)
२७ माघ, काठमाडौँ : नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ। संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिए। उनका अनुसार ुनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका(२०७८’…

आजको राशिफल (मिति २०७८ साल माघ २७ गते बिहीबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय…
