मेचीनगरमा चार दलीय गठबन्धनको बैठक

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, मेचीनगर : चार दलीय गठबन्धनले मेचीनगरमा आगामी दिनमा हरेक विषयलाई साझा मुद्धा बनाउँदै अगाडि बढ्ने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्र मेचीनगरको नगर पार्टी कार्यालय इटाभट्टामा विहीवार बसेको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरी राजनीतिक गतिविधिलाई साझा बनाएर अगाडि बढ्ने उद्घोष गरेका हुन् । मेचीनगरका चार दलीय गठबन्धनले राष्ट्रिय राजनीतिको अवस्था हेरेर यहाँ पनि त्यही अनुकूल सहकार्य र सहमति गरेर अघि बढ्ने विषयमा एकमत भएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कृष्ण कौशल सिटौला जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, एकीकृत समाजवादी पार्टीका जिल्ला सदस्य विपी भट्टराई, मेचीनगर उपाध्यक्ष चेतराज विष्ट सहभागी थिए ।

यस्तै, बैठकमा काँग्रेसका क्षेत्रीय प्रतिनिधि भोला खनाल, जसपाका नगर सचिव सरोज श्रेष्ठ, माओवादी केन्द्र नगर सचिव ज्ञानेन्द्र घिमिरे, सहसचिव कृष्ण कौशल सिटौला, माओवादी केन्द्रका सदस्य हरिप्रसाद दाहाल सहभागी थिए ।

राष्ट्रिय राजनीतिमा पाँच दलीय मोर्चाबीच भएको सहकार्यलाई मेचीनगरमा पनि त्यही ढंगबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ । ‘मेचीनगरमा क्रियाशील प्रमुख चार दलबीच बैठक बसेको छ,’ माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले भने, ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरियो र त्यही अनुसारको रणनीति बनाएका छौँ ।’ आगामी निर्वाचनसम्म चार दलीय मोर्चा कायम राखेर अगाडि बढ्नेसम्म छलफल भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.