Day: फाल्गुन १, २०७८
उद्योग, श्रम तथा रोजगार मन्त्रीद्वारा मेचीनगरमा विभिन्न समयमा आगलागी भएर क्षति पुगेका उद्योग, विभिन्न घरहरुको स्थलगत निरीक्षण
१ फागुन , मेचीनगर : प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङमाङले मेचीनगरमा विभिन्न समयमा आगलागी भएर क्षति पुगेका उद्योग, विभिन्न घरहरुको स्थलगत निरीक्षण गदैं पीडितहरुसँग कुराकानी गदैं उनीहरुका समस्याका बारेमा जानकारी लिनुभएको छ । आइतबार मन्त्री हाङमाङ, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, १ नम्बर…
३ हजार ९३५ जना संक्रमण मुक्त : ५२१ जनामा संक्रमण पुष्टि
१ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ भने ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जनामा…
मेचीनगरमा आगलागी दुई घर जले करौडौँको क्षति, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन
१ फागुन , मेचीनगर : झापाको मेचीनगर — ६ काँकरभिट्टामा आइतबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर ध्वस्त भएका छन् । काँकरभिट्टा प्रहरीका अनुसार आगलागीबाट भानु टोलका राकेश तामाङ र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भए । बिहान साढे ९ बजेतिर शुरु भएको आगलागी विर्तामोड नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीको प्रयासबाट झण्डै…
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
१ फागुन, काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् । सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।
यी हुन् प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु
१ फागुन, काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेपछि संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा सत्तारुढ दल नेपाली कांग्रेस, सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका ९८ सांसदहरुले हस्ताक्षर गरेका छन्। महाअभियोग प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ…
प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठसहित)
१ फागुन, काठमाडौँ : सत्तारुढ गठबन्धन दलका ९८ सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ। आइतबार बिहान सत्तारुढ गठबन्धन दलका सांसदहरु संघीय संसद सचिवालय पुगेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्। प्रस्ताव दर्ता भएलगत्तै प्रधानन्यायाधीश स्वतः पदबाट निलम्बित भएका छन्। महाअभियोग प्रस्तावमा सांसदहरु पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ…
काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न
१ फागुन , मेचीनगर : संविधान सभा सदस्य रविन कोइरालाले हरेक देशको अर्थतन्त्रमा सहकारीले खेलेको महत्वपूर्ण भुमिका र योगदानलाई कसैले भुल्न नहुने बताउनुभएको छ । शनिबार काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था मेचीनगर —६ को एघारौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गदैं संविधान सभा सदस्य कोइरालाले सहकारीकै माध्यमबाट विश्वका कैयौं राष्ट्र…

आजको राशिफल (मिति २०७८ साल फागुन १ गते आइतबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्रप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ। वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा…
