उद्योग, श्रम तथा रोजगार मन्त्रीद्वारा मेचीनगरमा विभिन्न समयमा आगलागी भएर क्षति पुगेका उद्योग, विभिन्न घरहरुको स्थलगत निरीक्षण

प्रदेश सरकारले राहत उपलब्ध गराउने आश्वसन, अग्नि पीडितका लागि राहत सामग्री जुट्दै

A notice in Nepali from Mechinagar Ward No. 10

१ फागुन , मेचीनगर : प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङमाङले मेचीनगरमा विभिन्न समयमा आगलागी भएर क्षति पुगेका उद्योग, विभिन्न घरहरुको स्थलगत निरीक्षण गदैं पीडितहरुसँग कुराकानी गदैं उनीहरुका समस्याका बारेमा जानकारी लिनुभएको छ ।

आइतबार मन्त्री हाङमाङ, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुडाथोकीसहितको टोलीले २० माघमा झापाको मेचीनगर—६ स्थित एसएस फूटवयर जुत्ता उद्योगमा भएको आग्लागी, २९ माघमा मेचीनगर —१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योग (मनषा थाइफुड्स)मा भएको आगलागी, १ फागुनमा मेचीनगर—६ भानु टोलका राकेश तामाङ र पासाङ तामाङको घरमा भएको आगोलागीका घटनाको स्थलगत निरीक्षण गरेको हो ।

मन्त्री हाङमाङले घटनाले नगरमा यसरी निरन्तर आगोलागी भएर धेरै धनको क्षति भएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले प्रक्रिया पुर्याएर राहत उपलब्ध गराउने आश्वसन दिनुभयो । उहाँले स्थानीय संघ संस्थाहरुलाई यस्तो दुःखद घटनामासाथ सहयोग गर्न पनि मन्त्री हाङमाङले अनुरोध गर्नुभयो ।

यसैवीच नेपाल रेडक्रस सोसाइटि उपशाखा मेचीनगरले मेचीनगर-६ भानु टोलका अग्नि पीडित राकेश तामाङ र पासाङ तामाङलाई राहत उपलब्ध गराएको छ । उपशाखा अध्यक्ष कुसुम कोइराला र सचिव लक्षेन्द्रप्रसाद यादवको टोलीले घटनास्थलमा पुगेर थाल ४, भाडा २, ग्लास ४, बटुका ४, डाडु पन्यू २ पानी प्रयोग गर्न बाल्टिन १, त्रिपाल, १ कम्मल, १ , साडी र पेन्टका कपडा प्रदान गरेको हो । मेचीनगर—६ काँकरभिट्टाका व्यवसायी बालकृष्ण थापाले जनही नगद १०/ १० हजार रुपैयाँ राहत रकम प्रदान गर्नुभएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले चामल ३० केजी,तेल ५ लिटर, चाउचाउ, नुन २ पाकेट, आलु ५ केजी, टमाटर १ केजी सागसब्जी उपलब्ध गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.