Day: फाल्गुन ३, २०७८
एमसीसी संसदमा टेबल हुने निश्चित, बुधबार नै अनुमोदन अनिश्चित
३ फागुन, काठमाडौँ : लामो समयको बहस, विवाद र अलमलका बाबजुद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रतिनिधिसभामा पेश हुने भएको छ । बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बुधबार संसदीय…
वैशाख ९ मा उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली
३ फागुन, काठमाडौँ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिकालाई अन्तिम रुप दिएको छ । तर, प्रकाशन गरेको छैन । अन्तिम रुप दिइएको निर्वाचन कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नाममाथि दावी विरोध र छानबिन गरी वैशाख १५ गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी…
सुरक्षाको कारण देखाउँदै आजदेखि एयरपोर्टमा प्रिन्टेड टिकट अनिवार्य
३ फाल्गुन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडानतर्फ डिजिटल टिकटमा कडाइ गरेको छ । यात्रुको सुरक्षाको कारण देखाउँदै विमानस्थलले आजदेखि प्रिन्टेड टिकट अनिवार्य गरेको हो । केही व्यक्ति बिनाकाम विमानस्थलमा मोबाइल टिकट देखाए जस्तो गरी फुत्त पस्ने तथा पीएनआर (प्यासेन्जर नेम रेकर्ड) अर्थात वायुसेवा कम्पनीले दिने १० अंकको नम्बर मात्र बोकेर विमानस्थलमा पस्ने क्रम…
१ हजार ८३५ जना संक्रमण मुक्त : ६८० जनामा संक्रमण पुष्टि
३ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा संक्रमण देखिएको छ भने २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा…
आजको राशिफल (मिति २०७८ साल फागुन ३ गते मंगलबार)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्…