सुरक्षाको कारण देखाउँदै आजदेखि एयरपोर्टमा प्रिन्टेड टिकट अनिवार्य

A notice in Nepali from Mechinagar Ward No. 10

३ फाल्गुन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक उडानतर्फ डिजिटल टिकटमा कडाइ गरेको छ । यात्रुको सुरक्षाको कारण देखाउँदै विमानस्थलले आजदेखि प्रिन्टेड टिकट अनिवार्य गरेको हो ।

केही व्यक्ति बिनाकाम विमानस्थलमा मोबाइल टिकट देखाए जस्तो गरी फुत्त पस्ने तथा पीएनआर (प्यासेन्जर नेम रेकर्ड) अर्थात वायुसेवा कम्पनीले दिने १० अंकको नम्बर मात्र बोकेर विमानस्थलमा पस्ने क्रम बढेकाले यस्तो निर्णय गरिएको विमानस्थलका महानिर्देशक भोला प्रसाद गुरागाईंले बताए ।

‘धेरैजसो यात्रु पीएनआर नम्बर मात्र लिएर भित्र पस्न खोज्दा सुरक्षाकर्मीलाई यात्रु पहिचान गर्न गाह्रो भएको र यसले सुरक्षा जाँचपासमा समस्या भएपछि यस्तो निर्णय लिएका हौं,’ उनले टेकपानासँग भने, ‘एक-दुई जना यात्रुका कारण यो नियम लागू गर्न पुगेका हौं ।’

साथमा डिजिटल टिकट भएको खण्डमा अथवा पीएनआर नम्बर मात्रै भएमा विमानस्थलमा नै टिकट प्रिन्ट गर्ने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।

वायुसेवा कम्पनीहरू भने यो नियमले यात्रुलाई थप असहज बनाएको बताउँछन् । विमानस्थल जस्तो ठाउँ झनै प्रविधिमैत्री भएर पेपरलेस हुनुपर्नेमा प्रिन्टेड टिकट अनिवार्य हुदाँ यात्रुलाई सास्ती हुने वायुसेवा कम्पनीहरूको भनाइ छ ।

महानिर्देशक गुरागाईंले भने डिजिटल टिकटलाई अस्वीकार नगरेको दाबी गरे ।

‘हामीले डिजिटल टिकटलाई अस्वीकार गरेको भन्दा पनि यसलाई अलिकति व्यवस्थित गराउन खोजेका हौं । प्यासेन्जर नम्बर मात्र नभई मोबाइल डाउनलोड गरिएको पीडीएफ नै भएमा त्यो स्वीकार्छौं ।’

– टेकपाना 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.