Day: फाल्गुन ८, २०७८
सांसदहरुसँग ओलीको टिप्पणी- एमसीसी संसदबाट पास गर्न होइन सडकमा आगो बाल्न ल्याएका हुन्
८ फागुन, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् । संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका करिव दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताए…
एमसीसीको विपक्षमा छौं : प्रचण्ड
८ फागुन, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल…
सन्थाल एकता र अधिकारका लागि ‘गोलमेच’
८ फागुन, बिर्तामोड : सन्थाल/सन्ताल समुदायवीचको एकता तथा पहिचान र अधिकार प्राप्तिका लागि गोलमेच छलफलको आवश्यकता औल्याइएको छ । आइतबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा सन्थाल समुदायका अगुवाहरुले एकता कायम गरी पहिचान र अधिकारका लागि गोलमेच छलफलमा जोड दिए । सन्थाल समुदायका सबै संस्थाका प्रतिनिधि, समुदायबाट सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा अगुवाहरुको गोलमेचबाट…
सि.के. प्रसाईंको २८ औं स्मिृति दिवस मनाइयो
८ फागुन, विर्तामोड : प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं निष्ठावान नेता छत्रकेशरी (सि.के) प्रसाईको २८ औं स्मृति दिवस विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व सभापति, केन्द्रीय समितिका पूर्व प्रवक्ता एवं पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका प्रसाईको २०५० सालमा निधन भएको थियो । प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि जीवनभर संघर्ष…
नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा उभिदैन-प्रवक्ता शर्मा
८ फागुन, विर्तामोड : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । सि.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सि.के. प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो ।…
भिम रावललाई बोल्न दिएकोमा एमालेद्वारा आपत्ति
८ फागुन, काठमाडौँ: आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ । आइतबारको संसद बैठकमा नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आपत्ति जनाउँदै बोलेका थिए । सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आपत्ति जनाएको हो…
दर्ता भएको ३२ महिनापछि संसदमा एमसीसी टेबल
८ फागुन, काठमाडौँ : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक…
१ हजार ३३८ जना संक्रमण मुक्त : २६२ जनामा संक्रमण पुष्टि
८ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जनामा संक्रमण देखिएको छ भने ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा…
एमसीसी सम्झौताको यस्ताे छ पूर्णपाठ
अमेरिकी सहायता परियोजना एमसीसी आइतबार संसद् बैठकमा टेबल भएको छ। आजकाे प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबल गरेका हुन्। यस्ताे छ पूर्णपाठ
एन्ड्रोइड फोनबाट यसरी हटाउनुहोस् भाइरस र माल्वेयर
८ फागुन, काठमाडौँ : कहिलेकाँही तपाईंको एन्ड्रोइड फोन अचानक स्लो भइदिन्छ । यस्तो अवस्थामा पक्कै पनि तपाईंको मोबाइलको सफ्टवेयरमा केही समस्या आइरहेको हुनुपर्छ । त्यसो त सफ्टवेयरमा आउनसक्ने हरेक किसिमका समस्याहरुको रोकथाम गर्ने एउटै उपाय एन्टी भाइरस हो । तर कहिलेकाँही एन्टी भाइरस प्रयोग गर्न तपाईंले ढिलो गर्नुहुन्छ र तपाईंको फोन विभिन्न किसिमका माल्वेयरको चंगुलमा…