सन्थाल एकता र अधिकारका लागि ‘गोलमेच’

A notice in Nepali from Mechinagar Ward No. 10

८ फागुन, बिर्तामोड : सन्थाल/सन्ताल समुदायवीचको एकता तथा पहिचान र अधिकार प्राप्तिका लागि गोलमेच छलफलको आवश्यकता औल्याइएको छ ।
आइतबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा सन्थाल समुदायका अगुवाहरुले एकता कायम गरी पहिचान र अधिकारका लागि गोलमेच छलफलमा जोड दिए । सन्थाल समुदायका सबै संस्थाका प्रतिनिधि, समुदायबाट सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा अगुवाहरुको गोलमेचबाट पहिचान र अधिकार प्राप्तिको आगामी मार्गचित्र तय गर्न सहभागीको सुझाव छ ।
छुट्टा छुट्टै रुपमा आवाज उठाउदा पहिचान र अधिकार संघर्ष परिणाममुखी हुन नसकेको उनीहरुको निष्कर्ष छ ।
संविधान सभा सदस्य तथा अन्तर्राष्ट्रिय सन्थाल परिषद्का उपाध्यक्ष मोहन टुडुले सन्थाल समुदायको उत्थान र विकासमा सरकार तथा राजनीतिक दलले विशेष चासो दिनुपर्ने बताए ।
टुडुले संविधानमा व्यवस्था भए बमोजिम सन्थाल समुदायलाई स्वायत्त, विशेष र संरक्षित क्षेत्रको व्यवस्था गरिनुपर्ने बताए ।
उनले सन्थाल समुदायलाई अपहेलित गर्ने ‘सतार’ शब्द र त्यसको अर्थको ब्याख्या समेत शब्दकोष तथा विभिन्न दस्तावेजबाट हटाउन माग गरे । टुडुसहितका अगुवाहरुले
सतार हटाएर थर लेख्नुपर्ने, समुदाय बुझाउने शब्दमा ‘सन्थाल’ वा ‘सन्ताल’ के लेख्ने भनेर गोलमेच छलफलबाट टुङ्गोमा पुग्न सकिने बताए । संविधानमा ‘सन्थाल’ लेखिए पनि यथार्थमा ‘सन्ताल’ भएको उनीहरुको दाबी छ । इतिहास, दस्तावेज, अन्तराष्ट्रिय अभ्यासका आधारमा सहमतिबाट टुङ्गोमा पुग्ने उनीहरुले बताए ।

उनीहरुले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समुदायको पहुँच वृद्धि गर्दै वडा सदस्य, वडा अध्यक्ष, पालिका उपप्रमुख र प्रमुखसम्म सन्थालहरुको प्रतिनिधित्व सुनिश्चित गरिदिन राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै हरेक राजनीतिक दलका सबै तहका समिति र सरकारी क्षेत्रमा सन्थालका लागि आरक्षणको व्यवस्था हुनुपर्ने नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बस्राले बताए ।
आफ्नो समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठनको संवैधानिक हकको रक्षा गर्न संघका महासचिव कुन्दन मुर्मुले सरकारसंग आग्रह गरे ।

सन्थाल समुदायको आर्थिक, सामाजिक, सशक्तिकरण र समस्या समाधानका लागि उनीहरुले तीनै तहको सरकार समक्ष माग पनि गरेका छन् ।

त्यस्तै आफ्नो समुदायको मुख्य पर्व सोराई र वाहा मनाउन सार्वजनिक विदाको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।
नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरम, नेपाल सन्थाल विकास संघ झापाका सचिव देवान टुडु, उत्थान संघका गाउँ अध्यक्ष निस्पेटर मुर्मु, नेपाल सन्थाल विकास संघ हल्दिबारीका अध्यक्ष सोम मुर्मु, संघका जिल्ला सदस्य मोहन हेमरम, डिल्ली टुडु लगायतले छलफलमा विभिन्न धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.