विद्युतीय सवारी साधनप्रतिको आर्कषणसँगै पेट्रोलियम पदार्थको आयातमा कमि

१० असार, मेचीनगर  : ग्राहकहरू विद्युतीय सवारी साधनप्रति आकर्षित भएसँगै बजारमा यसको माग बढ्दो छ । ग्राहकहरूमा विद्युतीय साधनप्रति विश्वास पनि बढेको छ । मानिसहरूमा विद्युतीय सवारी साधनप्रति विश्वास बढेसँगै पेट्रोलियम पदार्थको आयात समेत घटेको छ ।

काँकरभिट्टा नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात ८ दशमलव ३५ प्रतिशतले घटेको छ । ग्राहकहरूको विद्युतीय सवारी साधनप्रति आकर्षित भएसँगै डिजेल पेट्रोलबाट चल्ने सवारी साधन कम हुन थाले पछि बजारमा पेट्रोलियम पदार्थको माग कम भएसँगै आयात समेत घटेको अधिकारीहरुको भनाई छ ।

चालु आर्थिक वर्ष २०८१-०८२ को एघार महिनामा पूर्वी काँकरभिट्टा नाकाबाट हुने पेट्रोलियम पदार्थको आयात ८ दशमलव ३५ प्रतिशतले घटेको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१- ०८२ को जेठ मसान्तसम्ममा यो नाका भएर १७ अर्ब ५९ करोड ६९ लाख ६ हजार रुपैयाँका १ लाख ९५ हजार ३ सय १० किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) पेट्रोलियम पदार्थ आयात भएका छन् ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले गत आर्थिक वर्ष २०८०÷०८१ मा १९ अर्ब २० करोड ३८ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार २१ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) पेट्रोलियम पदार्थ आयात गरिएको बताए । खासगरी यो नाका भएर पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यास, हवाई इन्धन एटीएफ र मट्टितेल आयात हुने गरेको छ ।

गत वर्षको तुलनामा चालु आवको एघार महिनामा बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको भन्सार अधिकारीहरुले जनाएका छन् । औद्योगिक प्रयोजनमा डिजेल खपत हुने गरेको भएपनि पछिल्लो समय विविध कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको व्यवसायीहरुको भनाई छ ।

गतवर्ष यो अवधिमा ६ अर्ब ९७ करोड ३० लाख २ हजार रुपैयाँ बराबरको ६५ हजार ७ सय ४० किलोलिटर डिजेल आयात भएकोमा चालु आर्थिक वर्षमा घटेर ६ अर्ब २६ करोड ७१ लाख ४८ हजारमा झरेको कार्यालयको अभिलेख छ । काँकभिट्टा नाका भएर चालु आवको एघार महिनामा ६८ हजार ८ सय २० किलो लिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, पेट्रोलको आयातमा समेत भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको एघार महिना अर्थात साउनदेखि जेठ मसान्तसम्म पूर्वी नाकाबाट ८ अर्ब ११ करोड ५९ लाख ५६ हजार रुपैयाँको ९३ हजार ८ सय २४ किलो लिटर पेट्रोलको आयात भएको छ । यस अघिको आवको सोहि अवधिमा ८ अर्ब ६९ करोड ३८ लाख १० हजार रुपैयाँको ८६ हजार ८ सय ५२ कलिोलिटर पेट्रोलको आयात भएको कार्यालयका सूचना अधिकारी हुमागाईंले बताए ।

कल कारखाना, उद्योग सञ्चालनमा कमि, बजारमा विद्युतीय सवारी साधनको चाप बृद्धिले यस्ता वस्तुको आयातमा कमि आएको बताइएको छ ।

विद्युतीय सवारी साधनको बजारमा यसको माग बढ्दो छ । ग्राहकहरूमा विद्युतीय साधनप्रति विश्वास पनि बढेको छ । विद्युतीय सवारी साधनको सञ्चालन खर्च इन्धनबाट चल्ने सवारी साधनको तुलनामा कम पर्ने, मानिसहरू वातावरणीय प्रभावप्रति सचेत हुन थाल्नुले धेरैको पहिलो रोजाइमै विद्युतीय सवारी साधन पर्न थाले र इन्धनबाट सञ्चालन हुने सवारी साधन सडकमा गुड्न पनि कम हुन थालेकै कारण पेट्रोलियम पदार्थको आयात कम हुन सक्ने नेपाल टुर एण्ड ट्राभल एजेण्ट् नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् ट्राभल व्यवसायी उदयकुमार श्रेष्ठको भनाई छ ।

डिजेल र पेट्रोलको मात्रा होइन मटिट्तेल र हवाई इन्धन एटीएफको आयातमा समेत कमि आएको छ । उता खाना पकाउने एलपी ग्यासको आयात बृद्धि भएको बताइएको छ । चालु आवको एघार महिनामा २ अर्ब ५९ करोड ९२ लाख ६५ हजार रुपैयाँको २३ हजार ४ सय ३८ एमटि खाना पकाउने एलपी ग्यास, ६१ करोड २० लाख ७१ हजार रुपैयाँको ६ हजार ७ सय ८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख ५७ हजार रुपैयाँको २ हजार ५ सय २० किलोलिटर मट्टितेल आयात गरिएको छ ।

गत आवको सोहि अवधिमा २ अर्ब ३५ करोड २५ लाख ५४ हजार रुपैयाँको २३ हजार १४ एमटि खाना पकाउने एलपी ग्यास, ७७ करोड १६ लाख १८ हजार रुपैयाँको ७ हजार २ सय २० किलोलिटर हवाई इन्धन एटिएफ र २२ करोड ९० लाख ५४ हजार रुपैयाँ२ हजार १ सय ६८ किलोलिटर मट्टितेल आयात भएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.