रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै थप सुरक्षाकर्मी परिचालन गरिएको छ । समाचार स्रोतका अनुसार स—शस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेड क्वाटर पाडाजुंगीबाट एक सेक्सन टिम थप परिचालन गरिएको हो । झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमानाको फाईदा उठाउँदैं गलत मानिस नेपाल प्रवेश गर्ने भएकाले त्यसतर्फ निगरानीका लागि थप सुरक्षकर्मी परिचालन गरिएको हो ।

स—शस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठजनाको संख्यामा पूर्वी नेपाल प्रवेशको पुरानो मेचीपुल, भान्सा खोला, तुर्केनीलगायतका आसपासका क्षेत्रमा निगरानीका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको हो । ‘ विशेषगरी यो टिमले पुरानो मेचीपुल,सहित दायाबाँया भान्सा खोला, तुर्केनी, नकलबन्दालगायतका खुलाक्षेत्रबाट पैदल भएर नेपाल छिर्ने मानिसहरुप्रति निगरानी गर्ने छ ’ एकजना प्रहरी अधिकृतले भने, यी र गलत मान्छेको आवतजावत भए नभएको हेर्ने तथा मुख्यः मार्ग नभएर दाया बाँया भएर नेपाल छिर्ने मानिसहरुको परिचय पत्र हेर्ने लगायतका काम गर्ने छ । ’ टोलीले सम्भावित क्षेत्रमा समेत उच्च सतर्कता अप्नाउने छ । यो सुरक्षकर्मीको टोली विशेषगरी गलत मानिसहरुको प्रवेश रोक्ने छ ।

मुख्यः पुलबाट भारततर्फबाट नेपाल आउने सवैको परिचय पत्र अनिवार्य हेर्ने गरिएको छ । शंकाष्पद मानिस फेला परे तत्काल नियन्त्रणमा लिने बताइएको छ । पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै भारतको बाटो हुँदै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि केही महिना अघिदेखि स्थानीय प्रशासनले सतर्कता अप्नाएको हो ।

बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएसँगै थप सुरक्षाकर्मी परिचालन गरिएको एकजना प्रहरी अधिकृतको भनाई छ । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटोहुँदैं अबैधरुपमा बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल —भारत सीमा क्षेत्रमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । बंगलादेशीहरू भारतीय नागरिक‐बंगाली) बनेर अवैध रूपमा नेपाल छिर्ने गरेका घटना बेला–बेला सार्वजनिक हुँदै आएका कारण पनि पछिल्लो समय नेपालतर्फ आवतजावत गर्नेमा कडाई गरिएको र शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक जानकारी लिने गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.