झापा ५ मा सुमन सिहंलाई माओवादी हेडक्वाटरको संकेत

१ माघ मेचीनगर :  २१ फागुनमा हुनगईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ५ बाट नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) झापाले पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज सुमनसिहं‐पौडेल)सि सहित पाँचजनाको नाम सिफारीस गरेको छ ।

जिल्लाका पाँचै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारुको नाम सिफारिस गरीसकेको पार्टीले क्षेत्र नम्बर ५ मा सुमनसिहं ‐पौडेल)सीसहित सञ्जय राई, बिनोद राई, किश्वर बस्नेत र रमेश देउजाको नाम सिफारिस भएको छ । यसक्षेत्रबाट नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) ले पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको नाम एकल सिफारीस गरेकाले उनले चुनाव लड्ने पक्का छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‐बालेन) उम्मेद्वार बनाउँने चर्चा शुरु भईसकेको छ ।

नेकपा (माओवादी) झापाले झापा क्षेत्र नं. १ बाट यादव पौडेल, प्रविण मिश्र, खोम मिश्रको नाम सिफारिस गरेको छ । यस्तै, झापा क्षेत्र नं. २ बाट अर्जुन पाण्डे, अंकिता आचार्य झापा ३ बाट सन्तोस कटवाल, हुकुम मल्ल र गोली लोहारको नाम सिफारिस भएको छ । झापा क्षेत्र नं. ४ बाट ताराबहादुर थापा, कुमार मैनाली, देवी उप्रेती र खेम बुडाथोकीको नाम सिफारिस भएको केन्द्रीय सदस्य सुमनसिहं सीले बताए ।

झापा–५ मा पार्टीले राजनीतिक झट्काका लागि पनि सुमनसिहं‐पौडेल) सी लाई माओवादी हेडक्वाटरले अघि सार्ने स्रोतको दाबी छ । यसअघि झापा–५ मा नेकपा (माओवादी) तर्फबाट सञ्जय राईको नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थियो । तर पार्टी हेडक्वार्टरले स्थानीय तह, संगठनात्मक अवस्था, शुभेच्छुक तथा मतदाताबाट प्राप्त सुझावहरूको गहन विश्लेषणपछि सुमन सिंहलाई सशक्त विकल्पका रूपमा अघि सार्ने सम्भावनामा गम्भीर छलफल गरिरहेको बताइएको छ ।

झापामा सुमनसिंह प्रभावशाली युवा नेताका रुपमा परिचित छन् । सुमन सिंहलाई अध्ययनशील, विश्लेषणात्मक, संघर्षशील तथा साहित्यिक चेतनाले निर्देशित नेताका रूपमा हेरिन्छ। उनी उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार युवा पुस्तामाझ सिंहको स्वीकार्यता विस्तार हुँदै गएको देखिन्छ, जसले निर्वाचन समीकरणमा निर्णायक प्रभाव पार्न सक्ने सम्भावना छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने रणनीतिसहित सुमन सिंहलाई उम्मे्दवारका रूपमा अघि सार्ने विषयमा आन्तरिक छलफल तीव्र पारेको स्रोतको भनाई छ । पार्टी स्रोतहरूका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा देखिएको पश्चिमा प्रभावलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित सिंहलाई अघि सार्ने तयारी भइरहेको छ । यस सन्दर्भमा छिमेकी मुलुक चीन र भारतबाट अप्रत्यक्ष सहयोगको सम्भावनाबारे समेत राजनीतिक वृत्तमा चर्चा चलेको छ, यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

‘झापा ५ बिप्लवी केन्द्र हो । पश्चिमा बिषालु हावा विरुद्ध कडा प्रतिबाद अवश्य हुने छ ।’ नेता सिहंले भनेका छन् । आफूलाई कम्यूनिष्ट भन्दैं आएका सबै नेताहरुको अक्षमता र अकर्मण्यताका कारण यो देशले धेरै ठूलो पाउने भयो हाम्रो पुस्ता दुःखको साक्षीमात्र बस्न तयार नभएको उनको भनाई छ । राष्ट्रघाती एमसीसीको विरोध नगर्ने जो कोहिले चुनाव हार्न जरुरी रहेको भन्दैं जनताले मतदानबाट यस्तालाई ठेगान लगाउनु पर्ने उनको भनाई छ । झापाली जनता अब मत परिवर्तको पक्षमा रहेको उनको दाबी छ । घण्टी बजाएर अब नेपाली जनता झुकिन्ने अवस्था नरहेको उनको भनाई छ । उनी भन्छन—‘मेरो निम्ति हरेक समय युद्धको मोर्चा हो । युद्धको मोर्चा बलिदान गर्नेलाई शोभनिय हुने छ । ’

झापामा देखापरेका संभावना र उम्मेदवारीको विषयमा अझै घनिभुत छलफल चलिरहेको छ । देशभक्त, कम्युनिस्ट, लोकतान्त्रिक र समाजवादी शक्तिसँग देश जोगाउने स्तरमा यो चुनाबी मोर्चालाई कसरी प्रयोग गर्ने भन्ने छलफल चलिरहेको नेकपा (माओवादी) का नेता सुमनसिंले जानकारी दिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.