साहित्यकार तेराख प्रतिष्ठानको साहित्यतर्फको सम्मान मेची वारी र पारीलाई

A notice in Nepali from Mechinagar Ward No. 10

९ बैशाख, मेचीनगर :  साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर -९ धुलावारीले यस वर्षको साहितत्यतर्फको पुरस्कार तथा सम्मान मेची वारी र पारीलाई प्रदान गर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान पुर्याउने मेची वारी झापा भद्रपुर निवासी साहित्यकार चूडामणि वशिष्ठ र विदेशमा रहेर पनि नेपाली भाषाको उत्थानका लागि ठूलो योगदान पु¥याएको भन्दैं संस्थागत रुपमा मेची पारी भारतको कलकत्तामा रहेको लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानलाई साहित्यतर्फको पुरस्कार र सम्मान प्रदान गर्ने साहित्यकार तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले जानकारी दिए ।

दुवै पुरस्कारको राशी जनही नगद ५१/५१ हजार रुपैयाँ र सम्मान पत्र रहेको उनले जानकारी दिए । साहित्यकार वशिष्ठ र लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले नेपाली भाषा, साहित्यको विकासमा अहोरात्र खटेर दिएको योगदान सदा स्मरणीय रहेको भन्दैं संरक्षक खतिवडाले उनीहरुको योगदानको प्रतिष्ठानले मुक्तकण्ठले प्रशंसा गदैं यो सम्मान प्रदान गर्न लागेको बताए ।

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि प्रष्ठिान र साहित्यकार वशिष्ठ निरन्तर रूपमा लागि रहेका छन् । उनले भने । नेपालको संस्कृति र सम्पदा संरक्षणमा उनीहरुको अतुलनीय योगदान रहेको प्रतिष्ठानको भनाई छ ।

यसैगरी, प्रतिष्ठानले यसवर्षको पद्मा प्रतिभा पुरस्कार धुलाबारी माध्यमिक विद्यालयबाट कक्षा १२ मा छात्रातर्फबाट सर्वाेत्कृष्ट अंक ल्याउने सञ्जु नेपाललाई प्रदान गर्ने भएको छ । नगद २१ हजार रुपैयाँँ राशी र प्रशंसा पत्रसहितको पुरस्कार वरिष्ठ साहित्यकार दिवंगत तेजराज खतिवडाकी दिवंगत श्रीमती पदमादेवी खतिवडाको स्मृतिमा स्थापित पुरस्कार हो ।

संरक्षक खतिवडाका अनुसार स्वर्गीय मधुसुदन खतिवडा स्मृति कृषितर्फको सम्मान तथा पुरस्कार इलामको रोङ गाउँपालिकाका कृषक भीमबहादुर क्याप्छाकीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद २१ हजार रुपैयाँसहित प्रशंसा पत्र रहेको छ । उक्त पुरस्कार दिवंगत साहित्यकार तेजराज खतिवडाका पिताको स्मृति स्थापना गरिएको हो ।

केहि दिनअघि बसेको प्रतिष्ठानको प्रतिभा छनौट समितिको बैठकले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुको नाम टुङ्गो लगाएको थियो । आगामी शनिवार बैशाख १२ गते मेचीनगर नगरपालिका -१० को धुलावारी माविको सभाहलमा हुने कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने छ ।

सामाजिक र साहित्य तथा शिक्षाका क्षेत्रमा रचनात्मक काम गर्ने उद्देश्यसहित झापाको मेचीनगरमा –९ निवासी साहित्यकार तेजराज खतिवडा [तेराख]ले आफ्नै नाममा प्रतिष्ठान गठन गरेका छन् । पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गरेका थिए । अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा साहित्य, कृषि, पशुपालन, शिक्षा र विद्यार्थी रहनेछन् । यो प्रतिष्ठान कुनै वर्ग, जाति, धर्म, लिंग दल विशेषको नभएर सवै वर्ग समुदायले मेरो हो भन्ने अपनत्व ग्रहण गर्ने खालको भएको संरक्षक लेखनाथ खतिवडाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.