भद्रपुरमा डा. महावीर पुनको ‘आत्मकथा’ बिक्री अभियान

A notice in Nepali from Mechinagar Ward No. 10

रोहित काफ्ले
२३ साउन, भद्रपुर :  झापाको सदरमुकाम रहेको भद्रपुरमा आजबाट वैज्ञानिक, आविष्कारक, राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ बिक्री अभियान चलाइएको छ ।

पुस्तक बिक्री–वितरण सहयोग समूहका संयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष भद्रपुर ६ निवासी दिपेश ढकालको संयोजकत्वमा भद्रपुरका विभिन्न स्थानमा संक्षिप्त कार्यक्रम गरी पुस्तक बिक्री–वितरण गरिएको हो ।

आज विहान एयरपोर्ट होटल भद्रपुरमा संयोजक ढकालकै अध्यक्षतामा आयोजित कार्यक्रमबाट अभियान सुरु भएको थियो । पुस्तकका लेखक डा. पुनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच भद्रपुरका उल्लेख्य संघ–संस्थाले पुस्तक खरिद गरेका थिए । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले आफू संलग्न झापा उद्योग संघ, गणेश एग्रो, स्टार फिड इण्डष्ट्रिज र स्टार टि इष्डष्ट्रिज गरी चारवटा संस्था–प्रतिष्ठानबाट ५०–५० वटाका दरले दुई सय वटा पुस्तक खरिद गर्ने घोषणा गरेका थिए । त्यस्तै, अन्य थुप्रै सामाजिक संघ–संस्थाले पनि पुस्तक खरिद गर्ने घोषणा गरे भने व्यक्तिगत रुपमा पनि पुस्तक किनिएको थियो । सो कार्यक्रममा चार सयजति पुस्तक बिक्री भएको थियो ।

भद्रपुर झापा गोल्डकपका महासचिव तथा निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्ने पवित्र उद्देश्यलाई साथ दिन सबैलाई आग्रह गरे ।

लेखक महावीर पुनले पुस्तकमा आफूले जीवनका भोगाइहरु समेटेको उल्लेख गर्दै पुस्तकले युवावर्गलाई संघर्ष प्रेरित गर्ने उल्लेख गरे । उनले आविष्कार केन्द्र सञ्चालन आफ्नो सामाजिक अभियान भएको बताउँदै क्षमतावान युवाहरुका लागि रोजनगारी सिर्जना गर्ने आफ्नो चाहना रहेको पनि बताए ।

आजै भद्रपुर नगरपालिका, प्रज्ञा एकाडेमी, विभूति विद्या मन्दिर, धनुषमोड, नेशनल मेरीगोल्ड स्कूल, लेखनाथ चोक र चन्द्रगढी बजारमा पुस्तक बिक्री–वितरण कार्यक्रम राखिएको थियो ।

सबै कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता र पुस्तक खरिद–बिक्री भएको संयोजक ढकालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.