कक्षा १२ को नतिजा आइतबार सार्वजनिक हुने

A notice in Nepali from Mechinagar Ward No. 10
A large yellow building with blue roof and brown trim, surrounded by lush green trees with pink flowers. A white sign with red Nepali text reading 'राष्ट्रिय परिक्षा बोर्ड' is visible.

झापा, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेन ।

नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’ परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।

नोवेल कोरोना भाइरसको महामारीले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.