मानव बेचबिखनले सभ्य समाजको कल्पना असम्भव

A notice in Nepali from Mechinagar Ward No. 10

विश्वमा संगठित अपराधको सूचीमा मानव बेचबिखन र तस्करी दोस्रो नाफामूलक आपराधिक व्यापारमा पर्छ । व्यापकरुपले बढिरहेका अपराधहरु मध्ये तीन वटा संगठित अपराधहरु छन् भनिएको छ । ती मध्ये हातहतियार पछिको दोस्रो ठूलो अपराध मानव बेचबिखनलाई लिइन्छ । त्यसपछिको तेस्रो ठूलो हो–लागूऔषध सम्बन्धी अपराध । हाम्रो देशमा दोस्रो र तेस्रो अपराध यस क्षेत्रसँग सम्बन्धित निकायका लागि चुनौतीको विषय बनिरहेको छ । संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरुमध्ये मानव बेचबिखनबाट प्रतिवर्ष करीब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ ।

मानव बेचबिखनलाई अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ भनेरै हरेक वर्षको जुलाई ३० तारिखका दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । मानव बेचबिखन सम्बन्धी अपराधको बारेमा सचेतना फैलाउन यस दिनको सन्देश व्यापक रुपमा आम मानिसमा पु¥याउन जरुरी ठानिन्छ ।

हरेक वर्ष भदौ २० गतेका दिनलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा नेपालमा मनाउन थालिएको इतिहास पनि छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन थालिएको हो ।

मन्त्रिपरिषदको २०६४ जेठ ११ को बैठक बाट हरेक बर्ष भदौ २० गतेलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिए बमोजिम हरेक वर्ष भदौ २० गतेका दिनलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको इतिहास छ । बेचबिखनलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । हुनतः नेपालसहित विश्वका धेरै देशमा मानव बेचबिखन तथा ओसारपसार निकै गम्भीर समस्या रहेको छ । मानव बेचबिखन तथा ओसारपसार अपराध विश्वव्यापी मानवताविरुद्धको अन्तरदेशीय गम्भीर अपराध पनि हो ।

यसको नियन्त्रणमा थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील छन् । नेपाल प्रवेश र बाहिरीने पूर्वकैद्वार ‐नेपाल भारतको सीमा नाका काँकरभिट्टा)मा माईती नेपाल, साना हातहरु नेपाल, नव अभियान नेपाल, आफन्त नेपाल, साहसी महिला नेपाल, असल मित्र नेपाललगायतका थुप्रै गैरसरकारी संस्थाहरु तैनाथ छन् । यस सँगै जनपद, सशस्त्र प्रहरीलगायत अन्य सरकारी सुरक्षा निकायसमेत सक्रिय छ ।

यहाँ संस्था जतिवटा र जे जे नामका भए पनि उद्धेश्य भने सवैको एउटै छ । मानव बेचबिखन नियन्त्रण गर्नु, लैङ्गिक हिंसाको रोकथाम तथा कुनै प्रलोभनमा परेर वेचिएका मानवहरुको उद्धार गरी पुनःस्थापना गर्नु । तर, पनि यस्ता घटना पटक पटक दोहोरिरहेका छन् । माइती नेपालका प्रादेशिक संयोजक गोविन्द घिमिरे मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँछन् । मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबीच समन्वयात्मक भूमिका हुनु अनिवार्य छ । सभ्य समाजका लागि चुनौती बन्दै गएको मानव बेचबिखनलगायतका घटना न्यूनीकरणका लागि सहकार्य नै विशेष उपाय हुन सक्ने सवैको बुझाई पनि छ ।

सरकारी अधिकारीहरुको भनाईमा प्रहरी वा कसैको एक्लो प्रयासले मात्रै मानव बेचबिखन रोकथाम र नियन्त्रण वा यस किसिमको अपराध न्यूनीकरण हुन सक्ने अवस्था छैन् । बेचबिखनविरुद्ध सकरात्मक सोच र भूमिकाको विकास गर्दै सचेतना अभियान प्रत्येक घरघरमा पुर्याउन पर्दछ । मानवताका नाताले हामी सबैले एक अर्कालाई साथ सहयोग गर्नुपर्ने र यो हामी सबैको जिम्मेवारी समेत हो । मानव बेचबिखन किन हुन्छ ? के कारणले बेचिन बाँध्य छन् ? कस्ता मान्छे बेचिएका छन् ? लगायत यी सारा कारण पत्ता लगाएर यसको समाधान खोज्नु आजको आवश्यकता हो । कुनै पनि कारणले मानिस हिंसा र बेचबिखनमा पर्नु हुर्दैन् ।

मानव बेचबिखन हुने कारण पत्ता लगाएर यसको समाधानको विषयमा ठोस छलफल हुनुपर्दछ । मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने भन्र्दै पटक पटक आवाजहरु नउठेका पनि होइनन् । तर, समस्या ज्यूँका त्यूँ छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका मानव बेचबिखन विरुद्ध क्रियाशील गैर सरकारी संस्था नव अभियान नेपाल शाखा कार्यालय मेचीनगर –०६ काँकरभिट्टा झापाका बरिष्ठ कर्मचारी अनिता गुरागाईँको बुझाई छ ।

गरिबीको फाइदा उठाउँर्दै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहबारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना भेटिने गरेको उनको भनाई छ । मानव बेचबिखन अन्त्य गर्न गरिबी हटाउने कामलाई विशेष जोड दिनुपर्ने उनको सुझाँव छ । एकजना प्रहरीका उच्च अधिकारीको भनाईलाई सापट लिँदा ‘नेपालमा आन्तरिक रुपमा मनोरञ्जन क्षेत्रमा हुने बेचबिखन तथा अन्तर्राष्ट्रिय रुपमा भिजिट भिसाको आवरणमा हुने मानव बेचबिखन तथा ओसारपसार समेत एउटा ठूलो चुनौतीको रुपमा देखिएको छ । भारत, चीन, मध्यपूर्वी एशिया, दक्षिणपूर्वी एशियालगायत युरोप तथा अमेरिका समेतमा नेपाली नागरिक रोजगारीको बहानामा मानव तस्करको चङ्गुलमा परी भिजिट भिसा समेतको दुरुपयोगगरी पठाइएको अवस्था छ । यसलाई नियन्त्रण तथा नियमन गरी व्यवस्थित बनाई मानव बेचबिखन तथा ओसारपसार अपराध न्यूनीकरण तथा रोकथाम गर्नु हामी सबैको साझा दायित्व हो ।’

गृहसचिव एकनारायण अर्यालले एउटा कार्यक्रमा भनेका थिए ‘भिजिट भिसाको बहानामा बेचबिखन हुने समस्या सुनिन्छ, विभिन्न देशमा लगेर बन्धक बनाउने काम पनि भइरहेको छ, यसका विरुद्ध नेपाल प्रहरी र ब्युरो लागिरहेको छ’ । पछिल्लो समय अवैधरूपमा विदेशिनेहरुले निक्कै दुःख पाइरहेका छन्, उनीहरु जानेर वा नजानेर समस्यामा परिरहेका छन्, आफ्नै ज्यान नै गुमाइरहेको अवस्था छ । विदेशिए पछिको अवस्थामा विभिन्न अप्ठ्यारा आइपर्ने गरेका घटनाहरु विभिन्न सञ्चारमाध्यमहरुबाट हामीले सुन्र्दै आएका छौ । जे काम गर्नका लागि विदेशिएका निक्कैले त्यो काम नपाईरहेका समाचार आउने गरेका छन् । काम अनुसार वा भनेको जति तलब नपाउनेलगायत थुप्रै समस्या उनीहरुका अघि खडा छन् । समस्यामा फसेपछि स्वदेश फर्कन्छु भन्दा पनि उ फर्किन सक्र्दैन् । बधुँवा मजदुरका रुपमा काम गर्नुपर्ने बाध्यतामा पनि थुप्रै छन् । वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन ्।

त्यसमा पनि महिला कामदारको स्थिति झनै संवेदनशील रहेको हामीले सुनेका छौ । विभिन्न प्रतिवेदनले लगातार वैदेशिक रोजगारी क्रमशः मानव बेचविखन तथा ओसारपसारको महत्वपूर्ण माध्यम बन्न लागेको औल्याइरहेको अवस्था पनि छ । हुनतः वैदेशिक रोजगार बेचबिखन होइनन् तर असुरक्षित तवरले गरिने स्थानान्तरण÷वैदेशिक रोजगारमा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने सम्भावना बढी रहने सरकारी अधिकारीहरको भनाई छ । कानुनी प्रक्रिया पूरा गरेर अथवा श्रम स्वीकृति लिएर जानेसँगै अवैध तरिकाले बाहिरिनेहरुको संख्या पनि ठूलो छ ।

पछिल्लो समय मानव बेचबिखनमा आधूनिक प्रविधिले निक्कै जोखिम बढाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालासँग मानव बेचबिखनमा आधूनिक प्रविधिले समेत जोखिम बढाएको अनुभव छ । अनुसन्धानमा निक्कै अब्बल देखिएका प्रहरी निरीक्षक कोइराला आजभोलि अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेको अनुसन्धानका क्रममा देखिएको बताँउछन् ।

विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्याउने गरेको लामो समयसम्म अनुसन्धानका क्षेत्रमा काम गरिसकेका प्रहरी निरीक्षक कोइरालालले बताए । कोइरालाले भने, ‘दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।’ ‘अहिले फोनकै भरमा महिलालाई भारत ओसार्न थालेपछि नियन्त्रणमा समेत चुनौती थपियो’ उनले भने । दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।

मानव बेचबिखन, ओसारपसार नियन्त्रण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु उम्किने र पीडितले न्याय नपाउने अवस्था विद्यमान छ । यस्तोमा अब नागरिक तहबाट पनि आवाज उठाइनु पर्ने नागरिक समाजको भनाई छ । यस्तो संगठित अपराधका बिरुद्ध सबै सचेत होऔं । आवाज उच्च बनाऔं र यसबिरुद्ध सशक्त ढंगले लडौं । होइन भने यस्तो अपराधबाट कुनै घर अछुतो नरहने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.