आफूलाई कुटेको भन्दै नायिका सुष्मा कार्की प्रहरीमा पुगिन्

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौंः नायिका सुष्मा कार्की बेलाबेला विभिन्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अभद्र व्यवहार गरेको भन्दै प्रहरी कहाँ पुगेकी सुष्मा फेरी यस्तै लफडाको कारण चर्चामा आएकी छिन्।

तर यस पटक भने उनले आफू माथि कुटपिट भएको बताएकी छिन्। कार्कीले काठमाडौंको ‘लन्डन पब’मा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरीमा पुगेकी हुन्।

‘हिजो आफू माथि अभद्र व्यवहार भएको भन्दै आउनु भएको थियो। हामीले अनुसन्धान गरिरहेका छौँ,’महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।

कलाकार कार्कीले आफूलाई एक जना पत्रकार सहित एक महिलाले कुटपिट तथा अभद्र व्यवहार गरेको बताएकी छिन्। तर अहिलेसम्म उनले कुनै लिखित उजुरी दिएकी छैनन्।

‘उहाँले उजुरी नदिए पनि हामीले अनुसन्धान त गर्नै पर्ने भयो नी। अनुसन्धान भइरहेको छ,’ एसपी बस्नेतले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.