प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त

A notice in Nepali from Mechinagar Ward No. 10

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुवैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।

अनलाइनखबरसँग कुरा गर्दै थिरले भने–‘हामीहरु एकबर्षदेखि प्रेममा छौं । तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने,  लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत  हुन् । बिहेको कुरा भैरहेको छ । चाडै  पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको थिरले जानकारी दिए । उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.