निर्देशक रामबाबु गुरुङले गरे ‘कबड्‌डी’को चौंथो सिरिज ‘कबड्डी-४’ निर्माणको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

बक्स अफिसमा सफल मानिएको फिल्म ‘कबड्‌डी’को चौंथो सिरिज निर्माण हुने भएको छ।

‘कबड्डी’, ‘कबड्डी कबड्डी’ र ‘कबड्डी कबड्डी कबड्डी’को सफलतापछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी-४’ बनाउन लागेका हुन्। उनले फेसबुकमार्फत फिल्मको पोस्टर सेयर गर्दै ‘कबड्डी-४’ फाइनल म्याच लेखेका छन्।

यसअघि प्रदर्शनमा आएका फिल्मका तीनवटै सिरिजलाई दर्शकले रुचाएका थिए। यो अन्तिम सिरिज हुने छ।

फिल्मको छायांकन वैशाखदेखि शुरु हुने र आउँदो वर्ष नै फिल्म रिलिज गर्ने निर्देशक रामबाबु गुरुङले बताए।

‘अहिलेलाई पोस्टर मात्र रिलिज गरेका हौँ। फिल्मबारे थप जानकारी भने एक हप्ता पछि सार्वजनिक गर्ने छौँ,’ उनले पहिलो पोस्टसँगको कुराकानीमा भने।

साथै अभिनेता दयाहाङ राईले समेत फेसबुकमा फिल्मको पोस्टर सेयर गरेका छन्। यसअघि रिलिज भएका फिल्मको ३ वटै सिरिजमा दयाहाङको नै मुख्य भुमिका रहेको थियो। उनको अभिनयलाई दर्शकले निकै रुचाएकाँ थिए।

साथै फिल्ममा पुराना कलाकारका साथै नयाँ कलाकार हुने समेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.