Wednesday, March 29, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

किन भारतीय टिभी च्यानललाई सुशान्त सिंह राजपूतको मृत्युप्रति यति धेरै चासो ?

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 11, 2020
  • 2:57 PM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, मनोरन्जन
190 2
A A
Share on FacebookShare on Twitter

कुनै जवान चर्चित कलाकारको निधन विश्वमा जहाँसुकै पनि ठूलो खबर हो। तर बलिवुड कलाकार सुशान्त सिंह राजपूतको मृत्यु र उनकी प्रेमिका कलाकार रिया चक्रवर्तीको दानवीकरणको जुन स्तरले भारतको मूल समाचारमा कब्जा जमाइरहेको छ त्यसले कैयन् मानिसहरूलाई कतै राष्ट्रिय सङ्कट नै छायामा पारेको हो कि भन्ने परिरहेको छ।

सञ्चारमाध्यमको यो असाधारण चासो जुन महिनामा मुम्बईस्थित घरमा राजपूतको शव भेटिएदेखि सुरु भयो। प्रहरीले ती ३४ वर्षीय कलाकारले आत्महत्या गरेको बतायो र समाचार विवरणहरूमा उनी मानसिक स्वास्थ्यको समस्यासँग जुझिरहेको उल्लेख भए।

तर राजपूतका पिताले चक्रवर्तीले उनलाई आत्महत्या गर्न उक्साएको, छोराको पैसा चोरेको, औषधिको ओभरडोज (धेरै मात्रा दिएको) तथा हत्या नै गरेको समेत आरोप लगाएपछि अहिले यो मामिला सङ्घीय प्रहरीले छानबिन गरिरहेको छ। ती आरोप अप्रमाणित छन् र रियाले अस्वीकार गर्दै आएकी छन्।

राजपूतका लागि गाँजा किनिदिएको आरोपमा मङ्गलबार चक्रवर्तीलाई भारतको लागुऔषध नियन्त्रणसम्बन्धी निकाय एनसीबीले पक्राउ गरेको छ। ती आरोप रियाले अस्वीकार गरेकी छन्।

सञ्चारमाध्यमबाट एकोहोरो छानबिन वा मिडिया ट्रायलमा जथाभावी आरोपहरू लगाइएका छन्।

भारतका चर्चित टेलिभिजन प्रस्तोताहरूले चक्रवर्तीलाई दोषी ठहर गरिसकेको देखिन्छ। ‘कुनै रियालिटी शोजस्ता कार्यक्रमको अर्को प्रतिस्पर्धी छैन – सबैजनाको ध्यान टेलिभिजन समाचारमा छ,’ न्यूज वेबसाइट द प्रिन्टकी मिडिया सम्पादक शैलजा बाजपेइले बताइन्।

यो ुमिडिया सर्कसु त्यतिखेर देखा परेको छ जतिखेर भारतले कैयन् महत्त्वपूर्ण सङ्कट झेलिरहेको छ।

गत सोमबार भारत सरकारले सार्वजनिक गरेको आँकडाले त्यहाँको अर्थतन्त्रको डरलाग्दो चित्र देखियो।

जुनमा सकिएको तीन महिने अवधिमा भारतको अर्थतन्त्र २३.९५ ले खुम्चिएको पाइयो। यो सन् १९९६ मा भारतले त्रैमासिक आँकडा सार्वजनिक गर्न थाले यताकै सबभन्दा खराब अवस्था हो।

ध्यान कता?

अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको उच्च प्रभाव परेको छ। भारतमा हाल अमेरिकापछि विश्वकै सबभन्दा धेरै सङ्क्रमित भेटिएका छन्।

चीनसँगको सिमानामा बढेको तनाव पनि सन् १९६० यताकै सबभन्दा खराब स्तरमा पुगेको छ। तर अधिकांश टेलिभिजन समाचार च्यानलले यी विषयमा थोरै ध्यान वा समय दिएका छन्। जब एउटा च्यानलमा एकजना सहभागीले अर्थतन्त्रको कुरा उठाए उनलाई तत्काल बोल्नबाट रोकियो।

‘म रेकर्डमा भन्न चाहन्छु कि हाम्रो कुल गार्हस्थ उत्पादन २३.९५ ले गिरेको यो दिनमा मलाई दिक्क लागेको‘, उनी भन्दै थिए। तर प्रस्तोताले रोकिहाले।

‘तपाईँलाई यस्तो दिक्क लागेको छ भने यो बहस सहभागी नभए पनि हुन्छ। हाम्रो समय, तपाईँको समय, देशको समय, दर्शकको समय र मेरो समय बर्बाद नगर्नूस,’ उनी चिच्च्याए। ‘गइहाल्नूस, जानूस्,’ भन्दै ती प्रस्तोताले अर्थतन्त्रबारे जान्न मन लागेको भए भोलिपल्टको अखबार पढ्न सुझाए।

‘२ हजार घण्टा’ बिताएको विवरण

अन्य च्यानलहरूमा पनि यस्तै नाटकीय दृश्य देखिन्छन्। जहाँ प्रस्तोताहरूले ती ‘सेलिब्रिटी’ को मृत्यु यो समयकै ‘सबभन्दा ठूलो समाचार घटना’ भएको बारम्बार बताउँछन्।

चक्रवर्तीलाई एनसीबीले पक्राउ गरेपछि एकजना समाचार प्रस्तोताले उनको च्यानलले यो समाचारका लागि २,००० घण्टा खर्च गरेको समेत भने। उसोभए राजपूतको मृत्युले किन यसरी अत्यधिक मिडिया चासो निम्त्यायो। अनि रिया चक्रवर्तीलाई किन यसरी दानवीकरण गरियो?

चुनावी दाउपेच

सबभन्दा स्वाभाविक कारण त राजनीति नै हो भनेर विश्लेषकहरू भन्छन्। उनीहरूका अनुसार च्यानलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टी बीजेपीलाई अप्ठेरो नपर्ने किसिमका समाचारहरूमा अधिकांश च्याननले ध्यान दिने गरेका छन्।

‘राजपूतको गृहराज्य बिहारमा यही वर्षको अन्त्यमा चुनाव हुँदैछ। अनि राजनीतिज्ञहरू उनकै नाममा भोट बटुल्न चाहन्छन्,’ बिहारको राजधानी पटनास्थित वरिष्ठ पत्रकार अमरनाथ तिवारीले बताए।

सोमबार मुख्यमन्त्री नितिश कुमारले उनको पहिलो भर्चुअल चुनावी र्‍यालीमा राजपूतको नाम लिए। उनको चुनावी गठबन्धन सहयोगी बीजेपीले सुशान्तको तस्बिर अङ्कित कार स्टिकर, मास्क तथा पर्चा बाँडिरहेका छन्।

तिवारी भन्छन्, ‘चुनाव सकिएपछि बिहारमा कसैले सुशान्तबारे कुरा गर्ने छैनन्।’

पश्चिमी महाराष्ट्र राज्यको राजधानी मुम्बईमा भने यो समाचार अझै लामो समय जीवित रहन सक्नेछ। त्यहाँ बीजेपी तथा उसको पुरानो सहयोगी तर अहिले राज्य सरकारको नेतृत्व गरेको प्रतिद्वन्द्वी शिवसेनाबीच तिक्तता बढेको छ।

बीजेपीले शिवसेनाको मन्त्रीलाई मामिलामा मुछिएको आरोप लगाएको छ। तर ती मन्त्रीले आरोप अस्वीकार गरेको मुम्बईस्थित वरिष्ठ पत्रकार अभय देशपाण्डेले बताए।

‘बीजेपीले सकेसम्म चाँडो यहाँको शिवसेना सरकार गिराउन खोजिरहेको छ। तर उनीहरू पहिले शिवसेनाको छवि जनतासामु बिगार्न चाहन्छन्। त्यसैले यो समाचार चलिरहोस् भन्ने उनीहरू चाहन्छन्,’ देशपाण्डेले भने।

सरकार दङ्ग?

तर प्रिन्टकी बाजपेइले भनेको जस्तै यो समाचारले अन्तै ध्यान मोडिदिएको हुँदा सरकारलाई राम्रै भइरहेको छ। ‘एउटा अपराधको घटना छ जसमा बलिवुड, सिनेमा तथा राजनीति जोडिएको छ। यसको केन्द्रमा एकजना सुन्दर नायिका छिन्। यसले ध्यान मोड्न सहजै सक्छ। मानिसहरूलाई वास्तविक मुद्दाबाट टाढै पारिदिन्छ,’ बाजपेइले भनिन्। ‘सरकार दङ्ग छ किनकी कसैले उसलाई अर्थतन्त्र, रोजगारी वा बढ्दो महामारीबारे सोधपूछ गरेको छैन।’

अनि टिभी च्यानलहरूको निम्ति यो व्यापारिक रूपमा पनि फाइदाजनक नै छ। यसले उनीहरूको रेटिङ बढिरहेको र धेरै दर्शक अनि विज्ञापनको पैसा तानेको छ।

‘रेटिङ बढिरहेको छ किनकि अर्काको निजी जीवनमा चियाउन खोज्ने प्रवृत्तिलाई सहज भएको छ। दर्शकहरूले समाचारका प्रत्येक घटनाक्रममा रुचि देखाएका छन्। तर हामीले नदेखेको जस्तै गरेको विषय पनि सामना गर्नै पर्छ। यो प्रवृत्तिले हाम्रो समाजबारे के बताउँछ?’

यसले के बताउँछ भने यही प्रवृत्तिकै कारण शायद रिया चक्रवर्तीको दानवीकरण भइरहेको छ।

– बीबीसी

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै
अन्तर्राष्ट्रिय

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि, ५ प्याकेजमा ठेक्का हुँदै

March 20, 2023
शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता
अन्तर्राष्ट्रिय

शानदार प्रदर्शन गर्दै नेपालले जोगायो एकदिवसीय मान्यता

March 12, 2023
नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा
अन्तर्राष्ट्रिय

नेपाल यूएईविरूद्ध टस जितेर पहिला ब्याटिङमा

March 12, 2023
विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो
अन्तर्राष्ट्रिय

विश्वकप लिग–टू : नेपालले पीएनजीलाई ५२ रनले हरायो

March 9, 2023
काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने
अन्तर्राष्ट्रिय

काँकरभिट्टामा फागुन २७ गतेदेखि ईण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

March 8, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

प्राधिकरणमा कुलमानलाई नै दोहोर्‍याउने तयारी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In