राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अश्लील टिकटक बनाएको आरोपमा झापाका एक युवा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा प्रहरीले झापाबाट एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमेरे (बिकास) रहेका छन् ।

पक्राउ परेका घिमिरेलाई प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।

घिमिरेले केहिदिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मानहानी र साईवर क्राईम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखाले जनाएको छ ।

पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेको साइबर ब्यूरोले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.