कोभिड-१९ को नयाँ लहर सुरु भएसँगै बेलायतमा पुन: प्रतिबन्धहरू लगाइएको छ। त्यहाँ भित्र जाने र त्यहाँबाट निस्कन समेत रोक लगाइएको छ। जसका कारण प्रियंका कार्की र हलिउड फिल्म ‘टेक्स्ट फर यू’ समूह बेलायतमै रोकिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै यूकेका विभिन्न भागमा चौथो चरणको लकडाउन जारी भएको हो। सोही कारण छायाँकनका लागि पुगेको टोली प्रभावित भएको हो। जनवरीमै हुनुपर्ने छायाँकन संक्रमण त्रासकै कारण रोकिएको थियो। यस महिनामात्र छायाँकन सुरु भएको थियो। चाँडै काम सकेर निर्माण टोली अमेरिका फर्कने योजनामा थियो।
स्रोतलाई उल्लेख गर्दै मिडडेले लेखेको छ – निर्माताहरूका लागि हाल कास्ट एण्ड क्रुको सुरक्षा प्राथमिकतामा छ। उनीहरू अमेरिका फर्कनको लागि विशेष अनुमति माग गरिएको छ। तर, प्रक्रिया केही लामो हुन्छजस्तो लागेको छ।
जिम स्ट्राउसको निर्देशन रहने फिल्ममा निक जोनस पनि ‘टेक्स्ट फर यू’मा अतिथि भूमिकामा देखिँछन्।
























