युटुबमा रिलिज भयो ‘छ माया छपक्कै’

A notice in Nepali from Mechinagar Ward No. 10

गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज गरिएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो ।

चलचित्रको पाइरेसी भएपछि यसलाई हतारमा युटुबमा रिलिज गरिएको छ । निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमले चलचित्रको पाइरेसी कपी युटुबमा छ्याप्तछ्याप्ती भेटिन थालेपछि यसको निर्माणपक्षले हतारमा चलचित्र रिलिज गरेको हो ।

गतबर्षको सर्वाधिक ग्रस कमाई गर्न सफल यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् भने दीपेन्द्र लामा यसका निर्देशक हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ ।

यही टिमको मुख्य भूमिका रहेको चलचित्र ‘छक्का पन्जा ३’ केही हप्ता अगाडिम मात्र युटुबमा रिलिज गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.