घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

A notice in Nepali from Mechinagar Ward No. 10

कृष्ण सिंजाली (झापा)
सन् २०२६ को असारको अन्तिम दिन । भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो । त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन । त्यस पत्रले चारजना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभ-सन्देश बोकेको थियो ।
पत्रमा चार नाम थिए, मीना विश्वकर्मा बर्ष १६ र सीमा मुर्मु वर्ष १३ दुवै झापाका सुरज जोगी वर्ष १४ मोरङ तथा माया तामाङ वर्ष १७ नुवाकोट । (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो ।)
कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो-बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना ।
यी बालबालिकाहरू भारतको पश्चिम बंगालस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स तथा हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट, कालिम्पोङको संरक्षणमा रहेका थिए ।

बालगृह उनीहरूका लागि सुरक्षित आश्रय बनेको थियो । त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे । तर साँझ पर्दै जाँदा उनीहरूको मन भने सधैं आफ्नै घरको आँगनतिर पुग्थ्यो । झ्याल बाहिरको आकाश हेर्दै उनीहरू सोच्थे, “मेरो घर अहिले कस्तो होला? बाबुआमाले मलाई सम्झिरहनुभएको होला ? हजुरआमाले अझै मेरो बाटो हेरिरहनुभएको होला ?“
समय र परिस्थितिले उनीहरूलाई आफ्नै देशबाट टाढा पुर्‍यायो । बाल्यकाल नै अपरिचित भूमिमा बिताउन बाध्य भएका उनीहरूका लागि घर फर्किने आशा भने कहिल्यै मरेन ।
भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो ।

पुनर्मिलन प्रक्रियामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाईं, महिला तथा बालबालिका शाखाकी प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, नेपालको महावाणिज्यदूतावास, कोलकाताका कार्यालय सचिव सतीश थापा, सम्बन्धित चिल्ड्रेन्स होमका सुमित्रा रोय तथा ट्रस्टका सञ्जोक बराइली , नव अभियान नेपालका प्रतिनिधिहरू, सम्बन्धित सरकारी निकायका अधिकारीहरू तथा बालबालिकाका अभिभावकहरूको उपस्थिति रहेको थियो। सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.