सशस्त्र प्रहरीको ‘सीमाबासीसँग अन्तरक्रिया’ इप्रकाको नागरिक सुनुवाई

A notice in Nepali from Mechinagar Ward No. 10

रोशनराज
१९ असार, मेचीनगर : शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नागरिक सुनुवाई तथा सशस्त्र प्रहरीले ‘सीमाबासीसँग अन्तरक्रिया’ कार्यक्रम गरेको छ । नागरिक सुनुवाई मेचीनगर-६ काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी प्रालिको सभाहल र अन्तरक्रिया मेचीनगर -७ को वरपिपल चोकमा भएको हो ।

नागरिक सुनुवाईको प्रमुख अतिथि कोशी प्रदेश सभाका पूर्व सभा सदस्य श्रीप्रसाद मैनाली । अन्तरक्रियाका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हे. क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी थिए ।

सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध जोडन ‘सीमा बासीसँग’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।सीमाबासीहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी सीमा क्षेत्रको सुरक्षालाई मजबुत र सीमा सुरक्षालाई प्रभावकारी बनाउन सीमाक्षेत्र नियाल्ने सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेक्वाटर अन्तर्गत रहेका सीमा सुरक्षा गुल्म र बोडर आउट पोस्ट (बिओपी) हरुको अगुवाइमा यो कार्यक्रम अघि सारेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हे. क्वा. झापाले ‘सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत शुक्रबार झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ र ७ का स्थानीय सीमावासीसँग सीमा क्षेत्रको हरेक गतिविधिहरूका विषयमा अन्तरक्रिया गरेको छ ।झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ र ७ भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ्ग जिल्लाको रानीग्राम पञ्चायतसँग जोडिएको छ । अवैध चोरी तस्करी, सीमा इलाकाबाट हुने आपराधिक क्रियाकलाप , तेस्रो देशका मानिसहरु गैर कानूनीरुपमा नेपाल प्रवेश, लागूऔषध ओसारपसार र नियन्त्रण, सीमा र विविध विषयवस्तुलाई छलफलका लागि समावेश गरिएको थियो ।

यसका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग समन्वय र सम्बन्ध बढाउन अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र सामाजिक कार्यक्रम समेत थालेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हे. क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले बताए । झापा जिल्लाको १४४ दशमलव २ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

जनपद प्रहरी जस्तो सशस्त्र प्रहरीको जनतासँग सिधा जन सम्पर्क नहुँदा कतिपय काम गर्न समस्या आउने गरेका छन् । यसका लागि जनतासँग हातेमालो गरी समन्वय गर्न यो कार्यक्रम प्रभावकारी हुँदै गएको बताईएको छ । सशस्त्र प्रहरीले जनताको प्रत्यक्ष सरोकार रहेको विभिन्न स्वास्थ्य शिविर, चेतनामुलक सडक नाटकलगायतको काम गरिरहेको छ । यो कार्यक्रमले जनतासँग प्रत्यक्ष सम्बन्ध समेत स्थापित भएको जोशीले बताए ।

सीमाबासीसँग सशस्त्र प्रहरी अन्तरक्रियाले सीमा सुरक्षाकालागि जनताबाटै विभिन्न सूचना संकलन गर्न समेत सहज हुने भएपछि पछिल्लो यस्ता कार्यक्रम बाक्लै हुने गरेका छन् । स्थानीयवासीले भने, सशस्त्र प्रहरीले सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रियाले राम्रो सम्बन्ध बनाउँदै गएको बताएका थिए । सीमा सुरक्षा सहित सीमाबासीसँग सम्बन्ध स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने गरेका छन् ।

सीमा अपराध, लागूऔषध नियन्त्रणलगायत खुला सीमाको फाइदा उठाएर हुने आपराधिक गतिविधि नियन्त्रणमा सक्रिय रहेको सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासीहरूसँग सम्बन्ध बढाउन स्वास्थ्य शिक्षा, सीमा, सडक नाटक लगायतका क्षेत्रमा समेत सीमा क्षेत्रका पालिका र वडासँग समन्वय गरी काम गरेर सम्बन्ध स्थापित गदै गएको स्थानीयवासीको भनाई छ ।

पछिल्लो समय सीमा क्षेत्रको निगरानी , तस्करी नियन्त्रणलगायतको काममा समेत सहज भएको र यस्ता कार्यक्रमपछि तस्करीको सामान समेत बरामद हुने क्रम बढेको गणपति सशस्त्र प्रहरी उपरीक्षक जोशीले बताए । अन्तरक्रियामा सहभागीहरुले सीमावासीका कृषकहरुले पर्याप्त सिचाईँ अभावका कारण खेतीयोग्य जमीन बाझो राख्न बाँध्य हुनुपरेको गुनासो गरेका थिए । मेची खोलाबाट पानी ल्याएर कृषि कर्म गर्दै आएका कृषकहरुले पछिल्लो समय भारतीय सुरक्षाकर्मीका कारण सहजरुपमा सिचाईँ गर्न नपाएको पीडा सुनाएका थिए । सीमाक्षेत्रमा सीसी क्यामराको व्यवस्थापन, सिमा स्तम्भको उचित मर्मत तथा सम्भार, सीमाक्षेत्रमा हुने अबाञ्च्छित गतिविधि हात्ती समस्यालगायतका विषयमा सहभागीहरुले सशस्त्र प्रहरीसँग आ आफ्‌नो धारण राखेका थिए ।

सहभागीहरुको जिज्ञाशा पछि गणपति सशस्त्र प्रहरी उपरीक्षक जोशीले हरेक नागरिक विना वर्दीको सीमा रक्षक भएका कारण बर्दीधारी सुरक्षाकर्मीहरुसँग हातेमालो गरेर अघि बढ्न सुझाँव दिएका थिए । भदौ २३-२४ अघि अधिकाँश स्थानमा सीसी क्यामरा जडान गरिएको भएपछि जेन-जी आन्दोलनका क्रममा त्यसमा क्षति पुगेका कारण मर्मत तथा सम्भार र जडानको कार्य तत्कालै हुने बताए । उनले जिल्लाभरि रहेका सवै सशस्त्र प्रहरीका यूनिटले चालु आवमा गरेका कामको बेलीविस्तार समेत सुनाए ।

 

अवैध सामान, काठ, नदी दोहनका लागि प्रयोग भएका सवारी साधन लागुऔषध पक्राउलगायत अन्य कामको अभिलेख कार्यक्रममा प्रस्तुत गरेका थिए । गणपति प्रहरी उपरीक्षक जोशीले पछिल्लो समय लागूऔषधको समस्या निक्कै भयावह बनेको र यसको नियनत्रणमा हरेक नागरिक लाग्नुपर्ने बताए । कहि कतै आपराधिक गतिविधि भए तत्काल प्रहरीलाई खवर गर्न भन्दैं उनले टोल फ्रि नम्बर समेत सार्वजनिक गरे ।

यस कार्यक्रममा प्राप्त भएका सल्लाह सुझाव र अनुभवले सीमा सुरक्षा, नागरिक सुरक्षा सम्बन्ध तथा सशस्त्र प्रहरी बल र सीमाबासीबीचको आपसी विश्वास र सहकार्यलाईअझ सुदृढ बनाउन महत्वपूर्ण योग्दान पुग्ने विश्वास गरिएको छ । स्थानीय देविप्रसाद उप्रेती, सुशील आचार्य, राजकुमार पराजुली, नवराज उप्रेती , किरण कन्दङ्गवा धनप्रसाद उप्रेतीलगायतले विविध विषयमा सुझावसहित धारणा राखेका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल समिा सुरक्षा गुल्म हे. क्वा.काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विकास थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं सहभागी सवैलाई शब्दमार्फत स्वागत र सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राईले सञ्चालन गरेका थिए ।

नागरिक सुनुवाईमा मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग, ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, ८ का वडाध्यक्ष गिरीराज धमला, यातायात व्यवसायी राजेन्द्रप्रसाद रिजाल, युवा विक्की मुजम्दार, सहकारीकर्मी नारायणप्रसाद प्रसाईँलगायतले विविध विषयमा जिज्ञाशा राखेका थिए । कार्यक्रममा अधिकाँशले लागूऔषध, आपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा विचार प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि मैनाली र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँले जवाफ दिएका दिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक मिलनकुमारी राईले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.