गोपाल सधै भन्थे ‘आमा अन्याय र अत्यचारका विरुद्ध मर्नुपरे हास्दै हास्दै मरौला ’ढल्यो घरको खम्बा, अस्तायो बुढेसकालको साहरा

A notice in Nepali from Mechinagar Ward No. 10

३० भदौ, मेचीनगर  :  झापा अर्जुनधारा— ११ लक्ष्मी धापका ८४ वर्षीय धनपति र ७६ वर्षीया गुनमाया सेढाईका आँखाबाट अझै आशु बग्न रोकिएको छैन् । देशभर प्रदर्शन भएको ‘जेनेरेशन जेड’ [जेनजी] नव पुस्ताको आन्दोलनमा ३९ वर्षीय छोरा ज्ञानेन्द्र सेढाई (गोपाल)को मृत्युसँगै सेढाई दम्पतिको बुढेसकालको सहारा समेत गुमेको छ । उनको यो मृत्युको खबरले झापा र सेढाई परिवारलाई मात्र होइन देशलाई दुखेको छ ।

सेढाई दम्पतिका पाँच सन्तानमध्ये गोपाल कान्छा सन्तान थिए । दुई छोरामध्ये जेठाको परिवार अहिले यूएसए बस्ने गरेको छ । तीन छोरीहरु आ —आफ्नै घरमा छन् । यसकारण बृद्ध —बुद्धा आमाबाबुको दायित्व कान्छा छोरा गोपालको थाप्लोमा आयो । र ती बृद्ध—बृद्धा बाबुआमाको रेखदेख हेरचाह गर्ने जिम्मा उनै गोपालको काँधमा थियो । ‘जेनेरेशन जेड’जेनजीका नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित २३ भदौंबाट शुरु गरेको प्रदर्शनले झापा समेत चुप थिएन ।

यही प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ भदौंमा झापाको विर्तामोडमा गोपालले बीरगति प्राप्त गरे । इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको झडपमा उनी घाइते भएका थिए । प्रहरीले चलाएको गोली उनको छातीमा लागेको थियोे । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । सेढाई‘जेनेरेशन जेड’ [जेनजी] पुस्ताले गरेको आन्दोलनमा झापामा मृत्यु हुने पहिलो युवा हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोड र विएण्डसी लगभग पाँच सय मिटरको दुरीमा रहेका छन् ।

गोपालको मृत्युले सेढाई दम्पतिले एउटा सन्तान र बुढेसकालको सहारामात्र गुमाएनन्, रगतको अभावमा अस्पतालको वेडमा छटपटाई रहेका संयौ विरामीहरुको एउटा रक्तदाता गुम्यो, समाजले एउटा अनुभवी, मिलनसार मृदभाषी, सरल स्वभाव, धार्मिक तथा सामाजिक र असल समाजसेवी गुमायो । थुप्रै योग साधकहरुले असल र अनुभवी गुरु गुमाए । गोपाल नियमित रक्तदाता र एक असल सामाजिक अभियन्ता पनि थिए । नेपाल रेडक्रस सोसाइटि शाखा झापाका अध्यक्ष लोकराज ढकालले विर्तामोडमा आन्दोलनको क्रममा शहिद भएका ज्ञानेन्द्र सेढाई (गोपाल) नियमित रक्तदाता र एक असल सामाजिक अभियन्ता रहेको बताए ।

उनी योग सिकाउँथे, योग गुरु थिए । उनको निधनले गाउँ शोकमा डुब्यो । आज उनको सिङ्गो गाउँ नै शोक मग्न छ । अहिले उनका गाउँलेहरु भन्छन् – ‘छोरा मारे, सहारा खोसे ।’ अविवाहित छोरा ज्ञानेन्द्र सेढाई (गोपाल) को विवाहका लागि सेढाई परिवारले कुरा चलाउँदैं थियो । उनी पनि परिवारको आग्रहलाई स्वीकार गर्दै विवाहका लागि तयारी नै थिए । राम्रो बधुको खोजीमा थियो उनको परिवार । तर, प्रहरीको गोलीले ज्ञानेन्द्र सेढाई (गोपाल) ढलेसँगै सेढाई दम्पतिको बुहारी भित्रियाउने स— साना नाति नातिना खेलाउने इच्छा र रहर पनि अधुरै रह्यो । ‘भाईको विवाहको कुरा चल्दैं थियो, उस्ले आफैले पनि केटी हेर्दै थियो’ दिदी तुलसा सेढाईले भनिन,—‘ तर,भनेजस्तो बधु भेटिएको थिएन् ।’ अब बृद्ध —बृद्धा आमा बाबुसहित सेढाई परिवारलाई असल बुहारी र खुसी दिने उनको सपना सँधैका लागि सपना नै रह्यो ।

२०४३ साल भदौं २८ गते तेह्थुम जिल्लाको तात्कालिन ह्वाकु गाविस — ५ चिसापानीमा जन्मेका ज्ञानेन्द्र सेढाई (गोपाल) सानैदेखि हक्की स्वभावका थिए । ‘मेरो कान्छो भाई सानैदेखि हक्की स्वभावका थिए ’ दिदी तुलसा सेढाईले भनिन,—‘ कसैमाथि कसैले अन्याय अत्यचार गरेको उनलाई पटक्कै मन पर्दैन थियो, त्यसको विरुद्धमा उ बोली हाल्थियो, त्यसकारण पनि हरेक मान्छेका लागि भनेर कसैलाई न विझाउने उ आँखाको नानी [लालगेडी ] थियो । २३ गते काठमाडौंमा भएको घटनाले भाई निक्कै स्तब्ध बनेको उनले बताईन् । दिनभरि रुदैं मात्र थियो । आमाले धेरै सम्झाउनु भयो । तर, उनको मन मानेन । २४ गते विहान नियमित उनी योग कक्षा चलाउन गए । त्यसपछि फर्केर घर आए लगत्तै गाई दुहुने काम गरे ।

मोटरसाइकलमा चढाएर बाबुलाई उपचारका लागि शनिश्चरे लगे । दही चिउरा र केरा उनलाई मनपर्ने खाजा थियो । त्यो पनि खाए । त्यसपछि विहान ११ बजेतिर रक्तदान गर्ने भन्ने भन्दै महानन्द चोकतर्फ लागे । ‘नजा बाबु नजा भनेर आमले धेरै सम्झाउनु भयो,’—‘ दिदीले अबरुद्ध गलामा भनिन्—‘ आमा तपाईको छोरा मदैन, केही हुदैन, मर्दा पनि हासी हासी मर्छ भन्दैं अघि बढे । उ आमा बुवाको प्राण थियो, ढुकढुकी थियो, साच्चै भन्नुपर्दा आमाबाबुको श्वास नै थियो ।’

परिवारलाई कसैका लागि रक्तदान गर्न भन्दै हिडेका गोपाल आज कहिल्यै नफर्कीने गरी अस्ताए । गोपाल सधै भन्थे ‘आमा अन्याय र अत्यचारका विरुद्ध मर्नुपरे हास्दै हास्दै मरौला ’ । आज सेढाई परिवारको ढल्यो घरको खम्बा, अस्तायो बुढेसकालको साहरा । छोराको निधनले विक्षिप्त भएका सेढाई दम्पतिसँग जेठा छोरा र अन्य छोरीहरुसहित बाकी परिवारको मुख हेरेर चित्त बुझाउनुको अर्को विकल्प छैन् । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले सेढाई परिवारमा सम्हालिन कठिन भएको छ ।

२४ गते युएसएमा रहेका दाजु भाउजुलाई सामान पठाउने तयारीमा पनि थिए उनी । विहान ११ बजेर ४ मिनेटमा दिदी भाईको कुरा भएको थियो । सामान हाल्न जाने कुरा भएको दिदीले बताइन् । कर्मसमा मास्टर्स उनी डेढ विगाह जमीनमा विभिन्न विरुवाको नर्सरी लगाएर व्यवसायी कृषि कर्ममा थिए । सुपारी, मरिजलगायतको खेती गदै थिए । पढाइमा सानैदेखि जेहेन्दार गोपाल पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुचि राख्थे । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.