सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै इलाम नगरपालिका

A notice in Nepali from Mechinagar Ward No. 10

इलाम, १८ पुस  । इलाम नगरपालिकाले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई  निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

इलाम अस्पताल वा साँखेजुङ्गस्थित वर्थिङ्ग सेन्टर ल्याउन र लैजान यस्तो सेवा उपलब्ध गराउने भएको हो । सुत्केरी महिला बाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरबासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट १० लाख ४० हजार ३ सय १७ रुपैयाँमा नेपाल सरकारको राजश्व छुट सुविधामा खरिद गरिएको सोे एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि मोबाइल नम्बर ९८६९८११११५ मा सम्पर्क गर्नु पर्ने नगरपालिकाले जनाएको छ । यदि सो नम्बरमा तत्काल सम्पर्क हुन नसके अर्को मोवाइल नं. ९८५२६८१२३६ मा सम्पर्क गर्न सकिनेछ । यस एम्बुलेन्सले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई प्राथमिकताका साथ सेवा दिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनु भएको  छ ।

( समाचार :- ग्रीन इलामको सहयोगमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.