अत्याधिक गर्मी बढेका कारण भद्रपुर नगरका विद्यालयको पठनपाठन स्थगन गरेको ५ दिनपछि बिहानी सत्रमा विद्यालय सञ्चालनमा आउने भएका छन् ।
आज शिक्षा युवा तथा खेलकुद शाखामा भएको सामुदायिक विद्यालयका प्रधानाध्यापक ,नगर महासघ,नगर प्याब्सनका प्रतिनिधि तथा शिक्षकका पेशागत सङ्गठका प्रतिनिधि सहितको संयुक्त बैठकले सो निर्णय गरेको हो।
शिक्षा,युवा तथा खेलकुद शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा बिहान १० बजेदेखि विद्यालय सन्चालनमा आउँदै गरेकोमा मिति २०८०/०२/२४ गते बुधबारदेखि बिहान ६:१५ देखि १०:१५ बजेसम्म पठनपाठन गर्न गराउन अनुरोध गरेको छ।

























