आजको राशीफल( २०८० पौष ३ गते ,मङ्गलबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
यात्राको क्रममा लाभ मिल्नेछ। सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । पठनपाठन सामान्य रहला।फुर्सदिलो समय छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-
स्वास्थ्यमा अचानक गडबडीको संकेत गर्दै छ, त्यसले गर्दा रुपैयापैसाको हानी हुन सक्छ । धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):-
पढाइमा सफलता पाउने आफन्त हरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
तपाइको खर्च भन्दा कमाइ नै बढी हुने योग छ, छरछिमेकबाट सरसहयोग प्राप्त होला ।दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोचने शक्तिबढने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-
नयाँ तथा थालेका कामहरु सहजै वन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरैकाम बन्ने साथै भाग्य पनि बलियो छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-
आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन ।अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला, ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):-
जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू):
अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला । अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):-
अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, मनमा पिडाले डेरा जमाइ शरिरमा रोग लाग्न सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ होस पुर्याउनु होला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):-
महत्वपूर्ण काम धेरै बन्नेछन, लगनशिलता र इमान्दारिताको प्रसम्सा गर्नेहरु पाइएलान, मनमा शान्ति छाउनेछ । परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-
आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा बैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ ।आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.